नवलपुरमा हात्तीले आक्रमण गर्दा पाँच गैंडा गणक घाईते, हेलिकोप्टरबाट उद्धार

Homeसमाज

नवलपुरमा हात्तीले आक्रमण गर्दा पाँच गैंडा गणक घाईते, हेलिकोप्टरबाट उद्धार

देशको राजनीतिले उखु किसानको माग ओझेलमा
२०७८ सालको बिदाको सूची सार्वजनिक
नेपाल पत्रकार महासंघ नवलपुरको अध्यक्षमा विरेन्द्र पराजुली सर्वसम्मत चयन

२० चैत , नवलपुर ।

पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका २ गैंडाखालमा गैंडा गणनाको क्रममा हात्तीले आक्रमण गर्दा पाँच जना घाईते भएका छन् ।
गैंडा गणनामा खटिएका कर्मचारी र माउते गरि पाँच जना घाईते भएको गणनामा संलग्न हेमराज आचार्यले जानकारी दिनुभयो ।
गैंडा गणना गर्नेक्रममा जंगली हात्तीले गणनामा खटिएको हात्तीलाई घेरा हाल्दा गणनामा खटिएको हात्ती डराएर भाग्ने क्रममा राष्ट्रिय प्रकृती संरक्षण कोषका कर्मचारी , ३५ वर्षका विनोद श्रेष्ठ र दुई जना माहुते सर्लाही जिल्लाको हरिपुर नगरपालिका ७ का ४२ वर्षका दीपेन्द्र चौधरी र रौटहट चन्दनपुर नगरपालिका ७ निवासी ५१ वर्षका देवलाल चौधरी घाईते भएको उहाँले बताउनुभयो ।

घटना बारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ ।

घाईते मध्ये श्रेष्ठको अवस्था गम्भीर रहेको छ । उहाँको जिल्ला अस्पताल मध्यविन्दुमा सामान्य उपचारपछि हेलिकोप्टरमा उद्धार गरेर काठमाण्डौं लगिएको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0