नेपाल पत्रकार महासंघ मनाङ शाखाको अध्यक्षमा नवीन लामिछाने निर्बिरोध चयन

Homeसमाज

नेपाल पत्रकार महासंघ मनाङ शाखाको अध्यक्षमा नवीन लामिछाने निर्बिरोध चयन

कैलालीमा प्रहरी हत्या प्रकरण : ८ जना कारागार चलान, व्यापारी धरौटीमा छुटे
जीपी कोइराला फाउण्डेसन अमेरिका च्याप्टरद्वारा मनाङका पत्रकार लामिछाने सम्मानित
विश्व सिमसार दिवस मनाइयो, कावासोती नगरपालिका सिमसार क्षेत्रको सँरक्षणमा जुट्दै

२३ चैत , मनाङ ।

नेपाल पत्रकार महासंघ मनाङ शाखामा नवीन लामिछानेको नेतृत्वमा नयाँ कार्य समिति गठन भएको छ ।
नेपाल पत्रकार महासंघको केन्द्र, प्रदेश र शाखा कार्यसमिति गरी तिन तहको निर्वाचन अन्तर्गत हिमालपारीको मनाङ जिल्लाको अध्यक्षमा लामिछाने निर्बिरोधरुपमा चयन हुनु भएको हो ।
वहाँ विगत १० वर्ष देखि पत्रकारिता पेशामा आबद्ध हुनुहुन्छ ।
यस्तै लामिछाने नेपाल टेलिभिजनका रिपोर्टर एवम् नेपाल प्रेस युनियन मनाङका अध्यक्ष पनि हुनुहुन्छ ।
मनाङ जिल्लाको सबै गाउँ र ठाउठाउमा पुगेर स्थलगत रिपोटिङ गर्ने लामिछानेले गिरिजाप्रसाद फाउण्डेसन अमेरीका र नेपाल टेलिभिजन गण्डकी प्रदेशका उत्कृष्ट रिपोर्टरको सम्मान पाउनु भएको छ । वहाँले विश्वकै सर्बाधिक अग्लो स्थानमा रहेको तिलिचो तालमा ३४ पटक सम्म पुगेर स्थलगत रिपोटिङ गरिसक्नु भएको छ ।


यस्तै विश्व को १० नम्बर मा पर्ने अन्नपूर्ण पदमार्ग ५ हजार ४ सय १६ मिटरको थोरङ्ला भन्ञ्याङ १६ पटक सम्म पास गरेर १८ दिन सम्मको पैदल यात्रा गर्नु भएको छ । संघर्ष गर्न रमाउने पत्रकारले श्रमजिवि को हकहितका लागि काम गर्ने वहाँले प्रतिबद्धताका साथ क्रृयाशिलतालाई मनाङका पत्रकारले उच्च मुल्याङ्कन बताउनु भयो ।


नयाँ कार्यसमितिको उपाध्यक्षमा सन्तोष श्रेष्ठ , महिला उपाध्यक्षमा सबिना सिंह महर्जन , सचिवमा रिया गुरुङ, समावेशी सचिवमा पुर्ण गुरुङ , कोषाध्यक्षमा मालती घले र सहसचिवमा तिल वहादुर गुरुङ चयन भएका छन् ।
सदस्यहरुमा सुरेश थापा , शोल वहादुर गुरुङ , फुर्व छिरीङ र सुक बहादुर बिक रहेका छन् । भने केन्द्र पार्दषमा पशुपति अधिकारी , मिनकाशी गुरुङ र प्रदेश पार्दषमा बुद्धि गुरुङ सर्वसम्मतरुपमा चयन भएको नेपाल पत्रकार महासंघ मनाङ जिल्ला निर्वाचन समिति संयोजक कृष्णदास कोइरालाले जानकारी दिनुभयो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0