नवलपुरको पहाडी इलाका बुलिङ्टार ६ मा सुविधा सम्पन्न स्वास्थ्य चौकीको निर्माण हुँदै

Homeस्वास्थ

नवलपुरको पहाडी इलाका बुलिङ्टार ६ मा सुविधा सम्पन्न स्वास्थ्य चौकीको निर्माण हुँदै

कोरोना भाइरसको नयाँ प्रकार नेपाल भित्रिएको पुष्टि
अहिलेसम्म तीन लाख ४० हजारले लगाए काेराेना विरुद्धकाे खोप
२४ घण्टामा नेपालमा दुई सय ३२ जनामा कोरोना सङ्क्रमण

२४ चैत , नवलपुर ।
पूर्वी नवलपरासीको बुलिङ्टार गाउपालिका ६ मा सुविधा सम्पन्न स्वास्थ्य चौकीको निर्माण भइरहेको छ ।
वि.सं. २०७२ साल वैशाख १२ गते गएको भुकम्प पश्चात भारतीपुर स्वास्थ्य चौकीको भवन जिर्ण अवस्थामा पुगेको थियो ।
त्यस पछि गाँउपालिकाले स्वास्थ्य चौकीलाई सुविधा सम्पन्न हुने गरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसंग बजेटको माग गरेको थियो ।


माग गरे बमोजिम प्राधिकरणबाट स्वास्थ्य चौकीको भवन निर्माण गर्नका लागि १ करोड ६० लाख रुपैयाँ बजेट विनियोजन भएको वडाध्यक्ष सुर्य वहादुर रानाले बताउनु भयो ।
भवन निर्माणको काम ९० प्रतिशत सम्पन्न भइसकेको छ ।

गत वर्षमा नै सम्पन्न हुनुपर्ने भवन कोरोना कहरका कारण तोकिएको समयमा सम्पन्न हुन नसकेको रानाले बताउनुभयो ।
भवन निर्माण सम्पन्न भए पश्चात बर्थिङ सेन्टर पनि सञ्चालन हुने वहाँले जानकारी दिनुभयो ।

स्वास्थ्य चौकीबाट बुलिङटार ६ आसपासका स्थानीयहरु लाभान्वित हुनेछन् ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0