नेतृत्व गर्न सक्ने क्षमता भएको नेता गुमायौँ – सभापति देउवा

Homeराजनीति

नेतृत्व गर्न सक्ने क्षमता भएको नेता गुमायौँ – सभापति देउवा

Tips for Young Entrepreneurs: A Roadmap to Business Success
संकटको मुल जड दोस्रो जनआन्दोलनः कमल थापा
18 myths uncovered about financial advisors

२५ चैत , काठमाडौँ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता नवीन्द्रराज जोशीको निधनले पार्टीले पार्टीको नेतृत्व गर्न सक्ने क्षमता भएको नेता गुमाएको बताउनुभएको छ ।

स्वर्गीय नवीन्द्रराज जोशीको निधन भएको १३ औँ दिनको पुण्यतिथिमा पार्टी कार्यालय सानेपामा आयोजित श्रद्धाञ्जलीसभामा बोल्दै सभापति देउवाले स्वर्गीय जोशीले पार्टी र सरकारमा मन्त्री हुँदा गरेको काम उदाहरणीय रहेको बताउनुभयो ।
उहाँले स्वर्गीय नेता जोशीमा पार्टीको नेतृत्व गर्न सक्ने क्षमता भएको र उहाँको निधनले पार्टीले पार्टी हाँक्ने नेता गुमाउनुपरेको बताउनुभयो ।

फरक प्रसंगमा पार्टी सभापति देउवाले पार्टी भित्र कुनै किसिमको विवाद नरहेको बताउनुभयो ।

नेताहरुले पार्टी संकटमा रहेको भन्दै विभिन्न सार्वजनिक कार्यक्रमहरुमा बोलेको विषयलाई खण्डन गर्दै सभापति देउवाले पार्टी कहिल्यै पनि संकटमा नरहेको ठोकुवा गर्नुभयो ।

उहाँले पार्टीका नेता कार्यकर्तालाई आफैले आफैलाई कमजोर नबनाउन पनि आग्रह गर्नुभयो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0