अहिलेको अवस्थामा मन खुलाएर बजेट निर्माण गर्न सकिदैन – अर्थमन्त्री पौडेल

Homeअर्थ

अहिलेको अवस्थामा मन खुलाएर बजेट निर्माण गर्न सकिदैन – अर्थमन्त्री पौडेल

माघे सक्राति नजिकिएसँगै नवलपुरमा तरुलको कारोबार बढ्यो
इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ यही साता बाँडफाँट हुने, कति पर्ला भागमा ?
भुक्तानी नदिने चिनी उद्योगी पक्राउ गर्ने सरकारको निर्णय

२५ चैत , काठमाडौँ ।

अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको अवस्थामा मन खुलाएर बजेट निर्माण गर्न नसकिने बताउनुभएको छ । बुधवार नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको ज्ञापनपत्र बुझ्दै अर्थ मन्त्री पौडेलले यस पटक मन खुलाएर बजेट निर्माण गर्न नसकिने बताउनुभएको हो ।

कोभिड–१९ का कारण सिर्जित समस्या र बजेटको स्रोतको सीमितताका कारण बजेट निर्माण गर्दा खुम्चिनुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले बजेटमा समावेश गर्नुपर्ने विषयमा अनेरास्ववियुले दिएको सुझाव अत्यन्तै महत्त्वपूर्ण भए पनि बजेटको स्रोत हेरेर निर्माण गर्नुपर्दा समस्या रहेको बताउनुभयो ।

कोभिडका कारण खुम्चिएको राजस्व, अन्तर्राष्ट्रिय सहयोग परिचालन र आन्तरिक ऋणको परिधिभित्रै रहेर बजेटको स्रोत निर्माण गरिने पनि प्रष्ट पार्नुभयो । त्यसैले यस पटक मन खुलाएर, हात फैलाएर बजेट निर्माण गर्ने नभइ खुम्चिएर निर्माण गर्नुपर्ने परिस्थिति रहेको अर्थ मन्त्री पौडेलले बताउनुभयो ।

अनेरास्ववियुका अध्यक्ष ऐन महरसहितका विद्यार्थी नेताहरूले आउँदाे वर्षकाे बजेटमा शिक्षा क्षेत्रका लागि कम्तीमा २० प्रतिशत बजेट छुट्याउन माग गरेका छन् । शैक्षिक प्रमाणपत्रको आधारमा शैक्षिक र व्यावसायिक ऋण उपलब्ध गराउने विगतको घोषणालाई सहज र प्रभावकारी ढङ्गले कार्यान्वयनमा लैजान र बैंकका प्रत्येक शाखाले न्यूनतम २० जना विद्यार्थीलाई प्रमाणपत्र धितोमा ऋण उपलब्ध गराउने व्यवस्था गर्न माग गरेका छन् ।

यस्तै सरकारी सेवा, सुविधा र जागिरमा रहनेका छोराछोरीलाई अनिवार्य सामुदायिक सरकारी विद्यालयमा भर्ना गर्ने प्रबन्ध मिलाउन पनि अनेरास्ववियुले माग गरेको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0