पत्रकार महासंघ गण्डकी प्रदेशमा प्रेस युनियन नेतृत्वको महागठबन्धन सबै पदहरुमा विजयी

Homeसमाज

पत्रकार महासंघ गण्डकी प्रदेशमा प्रेस युनियन नेतृत्वको महागठबन्धन सबै पदहरुमा विजयी

भूतपूर्व सैनिक कल्याणकारी संस्थाको १५ औँ वार्षिक साधारण सभा सम्पन्न
नेपाल आदिवासी जनजाति महासंघको १० औँ राष्ट्रिय महाधिवेशन आगामी जेठमा हुने
महाराजा वचत तथा ऋण सहकारीको तदर्थ समिति गठन


२६ चैत , नवलपुर ।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको बुधबार सम्पन्न निर्वाचनबाट नेपाल प्रेस युनियनको नेतृत्वमा बनेको महागठबन्धन सबै पदहरुमा विजयी भएको छ ।
बिहीवार सम्पन्न मतगणना अनुसार प्रदेश अध्यक्षमा महागठबन्धनका तर्फ बाट उम्मेदवार रहेका नारायणप्रसाद शर्मा दिपेन्द्र श्रेष्ठलाई १२४ मतको अन्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन । शर्माले ५३८ प्राप्त गर्दा श्रेष्ठले ४१४ मत पाएका थिए ।
त्यसै गरि समितिको उपाध्यक्षमा दिपक भट्टराई(५२२ मत) महिला उपाध्यक्षमा सोनी शर्मा (५५२ मत) र महासचिवमा गोविन्दप्रसाद सुवेदी (५७३ मत)विजयी भएका छ्न ।


त्यसै गरि खुला सचिवमा यदुनाथ बन्जारा(५९२ मत) समावेशी सचीवमा सुशिलबाबू श्रेष्ठ (५२४ मत) कोषाध्यक्षमा राजेन्द्र न्यौपाने (४५३ मत) निर्वाचित भएका हुन ।
सातवटा खुल्ला सदस्यमा पदमा महागठबन्धनकै ताराप्रसाद शर्मा(६०९ मत) पर्शुराम शर्मा आचार्य (६०६ मत) प्रकाश डोटेल (६०५ मत)प्रदिप पौडेल (६६७ मत) रमेश बस्ताकोटी (५३२ मत) लोकेन्द्रबहादुर सुनार (५३४ मत) र सुनिल पाण्डे (६२६ मत) विजयी भएका निर्वाचन समितिले जनाएको छ ।
त्यसै गरि ३ वटा महिला सदस्य तर्फ रन्जिता शर्मा (५५५ मत) राधिका शर्मा कंडेल (६१८ मत) र रोशनि गुरुङ (५६९ मत) , दलित सदस्यमा सानेबहादुर नेपाली (५२० मत) आदिवासी जनजाती सदस्यमा रामजी राना ( ५४९ मत) र रुद्रबहादुर थापा (५७० मत) र अल्प संख्यक सदस्यमा पदम छ्न्त्याल (५५४ मत)विजयी भएका छ्न ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 2