शनिबार नेपाल दलित मुक्ति अभियान नवलपुरले शक्ति प्रर्दशन गर्दै

Homeसमाज

शनिबार नेपाल दलित मुक्ति अभियान नवलपुरले शक्ति प्रर्दशन गर्दै

धादिङमा महिलालाई जिउँदै पुरेर फरार एक्स्काभेटर चालक कञ्‍चनपुरबाट पक्राउ
बिहीबार देशभरका अदालतमा शोक बिदा
भारतले बाटाे खन्दा झरेकाे पहिराेले दार्चुलामा महाकली नदि थुनियो

२७ चैत , नवलपुर ।
नेपाल दलित मुक्ति अभियान नवलपुरले ¥याली सहित शक्ति प्रर्दशन गर्ने भएको छ ।
आगामी चैत २८ गतेका दिन कावासोतीमा ¥याली र शक्ति प्रर्दशन सहित जिल्ला स्तरिय प्रथम दलित भेला र जिल्ला कमिटी घोषणा कार्यक्रम गरिने संयोजक मधु सुनारले बताउनुभयो । बिहीबार पत्रकार सम्मेलन आयोजना गरी आफ्ना आवाजहरु उठाउदै सचेतना सहितको जागरण जगाउने उद्येश्य सहित भेला गर्न लागिएको कार्यक्रम संयोजक सुनारको भनाई छ ।
दलित मुक्ति अभियानको उदेश्य र यसको औचित्यको बारेमा जानकारी गराउने समेत भेलाको लक्ष्य रहेको छ ।
कार्यक्रममा केन्द्रिय अध्यक्ष सुनील लोहनी विक संघीय तथा प्रदेश सांसद जिल्लाका विभिन्न पार्टी का नेताहरु सहितका विभिन्न पालिकाका प्रमुख व्यक्तिहरुको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।


भेलामा जिल्लाभरका स्थानीय तहबाट दलित समुदायको सहभागिता हुनेछ । कार्यक्रम कावासोती थाना चोक स्थित खुल्ला मैदानमा हुने जनाईएको छ । भेला अघि कावासोतिको सडकमा बिभिन्न ,बाजागाजा ,झाकी सहितको ¥याली निकालीने जनाईएको छ ।
दुई वर्ष अघि बाट सुरु गरिएको अभियानले वैज्ञानिक विधिबाट दलितका समस्या पहिचान गरी देशभरीका दलितको जीवन परिवर्तन गर्न ९ वटा बिचार अघि सारेको संयोजक सुनारले बताउनुभयो ।
आसन, रासन, शासन ,कपास , शिक्षा, स्वास्थ्य ,रोजगारी , आर्थिक उन्नति र सामाजिक समानता सहितको अवधारणा नेपाल दलित मुक्ति अभियानले अगाडी सारेको वहाँले बताउनुभयो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0