गृह मन्त्री थापालाई माओवादी केन्द्रले सांसदबाट हटायो

Homeराजनीति

गृह मन्त्री थापालाई माओवादी केन्द्रले सांसदबाट हटायो

संसद विघटनविरुद्धमा परेका रिटमाथी आज संवैधानिक इजलासमा सुनुवाइ हुँदै
प्रधानमन्त्री ओलीले कोभिड–१९ सम्बन्धी राष्ट्रसंघको विशेष सभालाई सम्बोधन गर्ने
कांग्रेसको महाधिवेशन आउँदो भदौ ७ गतेदेखि १० गतेसम्म काठमाण्डौमा

२७ चैत , काठमाडौँ ।
नेकपा माओवादी केन्द्रले गृह मन्त्री रामबहादुर थापा बादल राष्ट्रिय सभामा आफ्नो सांसद् नरहेको सूचना सङ्घीय संसद् सचिवालयलाई दिएको छ ।
नेकपा एमाले प्रवेश गरेका गृह मन्त्री थापाले माओवादी केन्द्र दल परित्याग गरेको सूचना संसद् सचिवालयमा पठाएको माओवादी केन्द्रका राष्ट्रिय सभा संसदीय दलका नेता दिनानाथ शर्माले जानकारी दिनुभयो ।
राजनीतिक दलसम्बन्धी ऐनअनुसार अब बस्ने राष्ट्रिय सभा बैठकमा उहाँको राष्ट्रिय सभा सदस्य पद रिक्त हुनेछ । पार्टीले शुक्रवार (आज) राष्ट्रिय सभा सचिवालयलाई पत्र लेखेर थापालाई दलबाट हटाएको जानकारी गराएको नेता शर्माले जानकारी दिनुभयो ।
यसअघि बिहीवार नेकपा माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशङ्कर चौधरीको प्रतिनिधि सभा सदस्य पद खारेज भएको थियो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0