नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै

Homeराजनीति

नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै

18 myths uncovered about financial advisors
राष्ट्रपतिद्धारा संसद् विघटन, २०७८ वैशाख १७ र २७ गते चुनावको मिति तोकियो
नेपाली कांग्रेसलाई एउटा प्रदेशमा मुख्यमन्त्री दिन नेकपाका दुवैपक्ष तयार


२९ चैत , काठमाडौँ ।
आज नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । सभापति शेरबहादुर देउवाले दिउँसो दुई बजेका लागि बैठक बेलाउनुभएको हो ।
पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा पार्टीका पूर्व पदाधिकारी तथा शीर्ष नेताहरुको सहभागिता रहनेछ ।
आजको पदाधिकारी बैठकमा नयाँ सरकार गठनका लागि माओवादी केन्द्र र जसपासँग भइरहेको छलफल तथा थप रणनीति तय गर्ने तयारी छ ।
भोलि बस्ने केन्द्रीय कार्यसमिति बैठकका लागि एजेण्डा तय गर्न तथा १४ औं महाधिवेशनबारे छलफल गर्न सभापति देउवाले बैठक बोलाउनुभएको पार्टीका मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिनुभयो ।
गएको शुक्रबार सभापति देउवाले ३ दलको संयुक्त बैठकमा आफ्नै नेतृत्वमा सरकार गठनको प्रस्ताव गर्नुभएको थियो ।
देउवाको प्रस्तावमा माओवादी केन्द्रले समर्थन जनाए पनि जसपाले पनि ठोस निर्णय दिएको छैन ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0