राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

Homeराजनीति

राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

Is Hiring for Culture Fit Another Form of Unconscious Bias?
अखिल नेपाल महिला संघको अगुवा महिला कार्यकर्ता भेला सम्पन्न
प्रतिनिधि सभा बैठक शोक प्रस्ताव पारित गर्दै चैत्र ३ गतेसम्मको लागि स्थगित

१ वैशाख , काठमाडौँ ।
राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विरोधी काम गरेको र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ओलीलाई साथ दिएका कारण आफूहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनमोर्चाका केन्द्रीय सचिव हिमलाल पुरीले जानकारी दिनुभयो ।
गण्डकी प्रदेशमा तीन सांसद रहेको जनमोर्चाले समर्थन फिर्ता लिएपछि गण्डकी प्रदेश सरकार अल्पमतमा परेको छ ।
आफूहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिएको र कसैले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेमा आफूहरूले साथ दिने पुरीले बताउनुभयो ।
उहाँले आफूहरू केपी ओली नेतृत्वको एमालेबाहेकको गठबन्धनमा जाने पनि बताउनुभयो ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा एमालेका २८, कांग्रेसका १५, माओवादीका १२, राष्ट्रिय जनमोर्चाका ३ र जनता समाजवादी पार्टीका दुई सदस्य छन् ।
सरकार जोगाइराख्न मुख्यमन्त्री गुरुङलाई ३१ सदस्यको साथ चाहिन्छ । मुख्यमन्त्री गुरुङलाई पद जोगाइराख्न अब तीन सांसदको समर्थन आवश्यक पर्छ ।
गण्डकी प्रदेशमा कांग्रेस, माओवादी र जसपाले सरकार गठनका लागि पहल थालिसकेका र जनमोर्चाले पनि ओलीविरुद्ध गठबन्धनलाई समर्थन जनाउने भनेकाले गण्डकी प्रदेशमा सरकार परिवर्तन हुने सम्भावना बढेको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0