धादिङको रामकोट कुमाल गाउँमा तेक्वान्दो डोजाङको प्रथम ग्रेडिङ सम्पन्न

Homeखेल

धादिङको रामकोट कुमाल गाउँमा तेक्वान्दो डोजाङको प्रथम ग्रेडिङ सम्पन्न

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश नम्बर १ लाई
नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व गोलरक्षक शाहीको निधन
लोक प्रिय मावि १६ स्वर्ण सहित जिल्ला प्रथम

२ वैशाख , धादिङ ।
धादिङको रामकोट कुमाल गाउँमा तेक्वान्दो डोजाङको प्रथम ग्रेडिङ सम्पन्न भएको छ ।
विगत १० महिनादेखि ९५ जना खेलाडीहरुलाई प्रशिक्षण दिदै आएको तेक्वान्दो डोजाङको पहिलो चरण बुधबार (वैशाख १ )गते एक औपचारिक कार्यक्रमको आयोजना गरी सम्पन्न गरिएको हो ।


कार्यक्रम रामकोट तेक्वान्दो डोजाङका संस्थापक अध्यक्ष ठाकुर कुमालको सभाध्यक्ष्ता एवम् निलकण्ठ नगरपालिकाका शिक्षा तथा खेलकुद शाखाका मेघनाथ कोइरालाको प्रमुख आतिथ्यता रहेको थियो ।


यस्तैगरी कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का एवं धादिङ जिल्लाकै एक मात्र सिनियर प्रशिक्षक रमेशमान तुलाधर, नेपाल कुमाल समाज जिल्ला कार्यसमिति धादिङका अध्यक्ष दान बहादुर कुमाल लगायतको विशेष आतिथ्यता रहेको थियो ।

राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद भन्ने नाराका साथ धादिङको निलकण्ठ नगरपालिका ८ मा रामकोट तेक्वान्दो डोजाङले स्थानिय स्तरमा नै तेक्वान्दो सिकाइरहेको छ ।
कार्यक्रम रामकोट आधारभूत विद्यालयको परिसरमा भएको थियो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0