लोक प्रिय मावि १६ स्वर्ण सहित जिल्ला प्रथम

Homeखेल

लोक प्रिय मावि १६ स्वर्ण सहित जिल्ला प्रथम

पोखरामा अन्तर्राष्ट्रिय म्याराथन हुने
तीनवटा प्रदेशमा माघदेखि प्रदेश लिग फुटबल प्रतियोगिता हुने
फुटबल लेजेन्ड डियगाे म्याराेडाेनाकाे निधन

सन्तोष श्रेष्ठ , ५ वैशाख , मनाङ ।
मनाङमा भएको १२ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा १६ स्वर्ण , ९ रजत र कास्य तर्फ ५ पदक सहित श्री लोक प्रिय माध्यमिक विद्यालय जिल्ला प्रथम भएको छ ।
चामे गाउपालिका १ तिमाङमा भएको फाइलन प्रतियोगितामा प्रकाश ज्योति माध्यमिक विद्यालय नासो गाउपालिका ५ थोचे द्वितीय , अन्नपूर्ण माध्यमिक विद्यालय ङिस्याङ तृतीय र भानु माध्यमिक विद्यालय नासो गाउपालिका १ ताल चौथौ भएका छन् ।
प्रतियोगितमा प्रथम हुनेलाई नगद रु २० हजार सहित गोल्ड मेडल , द्वितीयलाई नगद रु. १५ हजार र सिल्भर मेडल र तृतियलाई नगद रु. १० हजार सहित कास्य मेडल प्रदान गरिएको छ ।


चामे गाउपालिका १ तिमाङमा भएको प्रतियोगितामा उक्त पदक सहित लोक प्रिय मावि जिल्ला उत्कृष्ट भएको हो ।
शुक्रबार, शनिबार र आइतबार गरी तिन दिनसम्म चलेको प्रतियोगितामा मनाङ जिल्लाका ४ वटा मावि स्तरका विद्यालयको सहभागि रहेको थियो ।
लोक प्रिय मावि जिल्ला उत्कृष्ट भइ विद्यार्थीहरुलाई गण्डकी राष्ट्रपति रनिङ शिल्डमा छनौट भएको पनि विद्यालय प्रशासनले जानकारी दिएको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0