गल्ती महसुस गरेर आए पार्टीमा काम गर्ने अवसर दिन्छौँ – प्रधानमन्त्री

Homeराजनीति

गल्ती महसुस गरेर आए पार्टीमा काम गर्ने अवसर दिन्छौँ – प्रधानमन्त्री

म दलित समुदाय प्रती ऋणि छु :- प्रचण्ड
निर्वाचनको अवसरलाई सदुपयोग गर्न आयोगको अनुरोध
१३ दिनभित्रै प्रतिनिधि सभाको बैठक डाक्न सर्वोच्चको आदेश


९ वैशाख , काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले गल्ती महसुस गरेर आए पार्टीमा काम गर्ने अवसर दिइने बताउनुभएको छ । नेताहरूलाई सम्झाउने÷बुझाउने प्रयास गरिरहेको भन्दै उहाँले त्यसलाई कमजोरीको रूपमा नलिनसमेत चेतावनी दिनुभयो ।
बल्खुमा पार्टी केन्द्रीय कार्यालयको भवन शिलान्यास गर्दै प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र गुटगत गतिविधिलाई कुनै पनि हालतमा मान्यता दिन नसकिने बताउनुभयो ।
पार्टी अनुशासित बनाउनुपर्ने र अनुशासनहिनतासँग सम्झौता गर्न नसकिने भन्दै उहाँले अनुशासित भएर पार्टीमा काम गर्न खनाल समूहलाई आग्रह गर्नुभयो ।
पछिल्ला दिनमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीले असन्तुष्ट नेताहरूसँग एक्ला–एक्लै छलफल गर्दै आउनुभएको छ ।
बुधवार (हिजो) मात्रै उहाँले माधवकुमार नेपाल र खनाल–नेपाल समूहका अर्का नेता योगेश भट्टराईसँग छलफल गर्नुभएको थियो ।
नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा एमालेले बल्खुमा पार्टी कार्यालय भवनको शिलान्यास गरेको हो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0