पश्चिम नवलपरासीमा टिप्परको ठक्करबाट मोटरसाईकलमा सवारको मृत्यु

Homeअन्य

पश्चिम नवलपरासीमा टिप्परको ठक्करबाट मोटरसाईकलमा सवारको मृत्यु

वार्ता पछी नवलपुरबाट विप्लवको पहिलो तस्विर सार्वजनिक
5 Reasons to Include Weight Training in Your Exercise Schedule
भारतको कृषि कानुनको बेलायतमा विरोध


९ वैशाख , परासी ।
पश्चिम नवलपरासीमा टिप्परको ठक्करबाट मोटरसाईकलमा सवार एक जनाको मृत्यु भएको छ ।
जिल्लाको बर्दघाट नगरपालिका वडा नम्बर १२ जहदा स्थित चिसापानी महेषपुर सडकखण्ड अन्तरगत मझौनीतर्फबाट भटौलिया बजार तर्फ आईरहेको ना ४ ख २२९६ नम्बरको टिप्परले सोही दिशाबाट आईरहेको UP 56 AC 9802 नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो ।
ठक्करबाट सरावल गाउँपालिका वडा नम्ब ५ का अन्दाजी बर्ष २१ का धनैराज राजभरको मृत्यु भएको छ ।
मोटरसाईकलमा सवार रहेका सोही ठाउँकै अन्दाजी ३०÷३२ को ब्रहमान्द राजभर र बर्ष २२ का चिन्तामणी राजभर घाईते भएका छन् ।
घाईतेहरुलाई उपचारका लागि चौपत्ता स्थित शहिद स्मृति सामुदायिक अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक राजु लामाले जानकारी दिनुभएको छ ।
मृतकको शव पोष्टमार्टमका लागि सदरमुकाम परासी स्थित पृथ्वीचन्द्र अस्पतालमा लगिएको पनि लामाले बताउनुभएको छ । टिप्पर र टिप्पर चालक प्रहरीको नियन्त्रणमा रहेको बताईएको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0