Homeराजनीति

माधब नेपाल बिना केपि ओलि ले घोषणा गरे एमाले स्थायी समिति

भ्रष्टाचार विरुद्धमा सबै दलहरुबीच अन्तरक्रिया
नेपाली कांग्रेसद्वारा संसदीय दलको बैठक आह्वान
नेपाली कांग्रेसले भोलि ४५ औँ मेलमिलाप दिवस मनाउदै

बैशाख १०, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव पक्षका एक जनालाई पनि नराखि स्थायी समिति बनाएका छन्। ओलीले हाललाई १७ जनाको स्थायी कमिटी बनाएर पछि थप सदस्य थप्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए। माओवादीबाट आएका नेताहरूलाई समेत समेटेर स्थायी कमिटी गठन गरिएको छ । स्थायी कमिटीमा झलनाथ खनाल-माधवकुमार नेपाल पक्षका नेता भने राखिएका छैनन् ।

एक केन्द्रीय सदस्यका अनुसार स्थायी कमिटी सदस्यमा केपी ओली, वामदेव गौतम, र्इश्वर पोखरेल, रामबहादुर थापा , विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझी,सत्यनारायण मण्डल, विष्णु रिमाल, छविलाल विश्वकर्मा, पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ, केशव बडाल र पुष्पराज कँडेल रहेका छन् ।

बाँकी सदस्यहरु पछि थप गर्ने निर्णय पनि बैठकले गरेको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0