नवलपुरमा जुवाको खालबाट ११ जना पक्राउ

Homeसमाज

नवलपुरमा जुवाको खालबाट ११ जना पक्राउ

“हामीलाई भत्ता होइन सीप अनुसारको रोजगार दिनुहोस् “रिम घर्ती
अर्घाखाँचीमा जीप दुर्घटना हुँदा तीन जना घाइते
भूतपूर्व सैनिक कल्याणकारी संस्थाको १५ औँ वार्षिक साधारण सभा सम्पन्न

११ वैशाख , नवलपुर ।
नवलपुर प्रहरीले जुवाको खालबाट ११ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरको टोलीले कावासोती नगरपालिका वडा नम्बर १६ पिपे्रनीबाट २६ हजार ६२५ रुपैया नगद सहित ११ जनालाई पक्राउ गरेको हो ।
शुक्रबार साँझ पिपे्रनी स्थित पदम विकको घर पछाडीको गोठमा जुवातास लेखी रहेको अवस्थामा उनिहरुलाई पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीले बताउनुभयो ।
पक्राउ पर्ने सबै कावासोती १६ निवासी रहेका छन् । पक्राउ पर्नेहरुमा २९ वर्षिय सन्तोष विक, २१ वर्षिय सन्दिप सुनार, ४३ वर्षिय नविन प्रसाद सुवेदी, १६ वर्षिय शुसिल सुनार, ४५ वर्षिय वेगम बस्नेत, ४१ वर्षिय शेर बहादुर महत्तरा, ५१ वर्षिय नारायण घिमिरे, ३४ वर्षिय चिन्तामणी घिमिरे , २७ वर्षिय देव बहादुर विक, ३२ वर्षिय पूर्ण बहादुर महत्तरा र ३९ वर्षिय दुर्गा बहादुर गिरी रहेका छन् ।
पक्राउ परेका सबैलाई मुलुकी अपराध संहिता २०७४को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुर अन्र्तगत अनुसन्धान कार्य अगाडी बढाईएको प्रहरी नायव उपरिक्षक गिरीले बताउनुभयो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0