कावासोती नगरमा भूमिहिन र अव्यवस्थित बसोबासी फारम भर्नेको संख्या ७ हजार ५ सय ४०

Homeसमाज

कावासोती नगरमा भूमिहिन र अव्यवस्थित बसोबासी फारम भर्नेको संख्या ७ हजार ५ सय ४०

आगलागीबाट यो वर्ष देशभर ७९ जनाको ज्यान गयो
ताप्लेजुङको दोभान बजारमा लागेको आगलागीबाट ७९ परिवार विस्थापित
नवलपुरमा लागुऔषधसहित ७ जना पक्राउ

१२ वैशाख , नवलपुर ।
पूर्वी नवलपरासीको कावासोती नगरपालिका भित्र ७ हजार ५ सय ४० भूमिहिन दलित , भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी परिवारहरुले फाराम भरेका छन् ।
कावासोती नगरपालिकाले नगरभित्र रहेका भूमिहिन दलित , भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्दै आएकाहरुलाई जग्गा उपलब्ध गराउने उदेश्यका साथ लगत संकलन गरेकोमा ६ सय ९७ भुमिहिन दलित परिवार , १ हजार २ सय ४० भुमिहिन सुकुम्बासी परिवार र ५ हजार ६ सय ३ अब्यबस्थित बसोबासी परिवारले फाराम भरेका हुन् ।
तथ्याङ्क संकलन इकाइमा कार्यरत पवन रुपाखेतिका अनुसार नगरपालिका भरिमा १ सय ३८ फाराम रद्द भएका छन् ।


कावासोती नगरपालिका भित्र कुल १७ वटा वडाहरु रहेका छन् । सत्र वडाहरु मध्ये सबै भन्दा धेरै वडा नम्बर १ मा भूमिहिन दलित , भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी रहेका छन् ।
त्यहाँ कुल १ हजार ८ सय ३६ भुमिहिन दलित , भुमिहीन सुकुम्बासी र अब्यवस्थित बसोबासी परिवार रहेको तथ्याङ्कमा उल्लेख छ ।
यस्तै सबै भन्दा कम वडा नम्वर ९ मा ५४ परिवार रहेका छन् । वडा वडाबाट लगत संकलन कार्य सकिएको र कम्प्यूटर मार्फत अनलाइन रजिष्ट्रेसनको काम भइरहेको पनि इन्जिनियर पवन रुपाखेतीले जानकारी दिनुभएको छ ।
सोमबार (भोली ) देखि फारम भर्नेहरुको जग्गा नाप्ने कार्य सुरु गरिने नगरपालिकाले जनाएको छ । कावासोती नगरपालिका वडा नम्वर ३ ज्योतिनगरबाट नापी कार्य थालनी हुने इन्जीनियर पवन रुपाखेतीले बताउनु भयो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0