टमाटर खेतीमा उचित मूल्य छैन किसान निराश

Homeसमाज

टमाटर खेतीमा उचित मूल्य छैन किसान निराश

कावासोतीमा बीउ श्रोत केन्द्र निर्माण हुने
राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम महाधिवेसन बुटवलमा हुने, तयारी पूरा
२० हजार राशीको ‘राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्धको पत्रकारिता पुरस्कार’ घोषणा

ज्ञानु पङ्गेनी , वैशाख , नवलपुर ।


पुर्बी नवलपरासीका किसानहरुले गर्मी सिजनको टमाटरको उचित मूल्य नपाएको गुनासो गरेका छन् ।
उनीहरुको खेतमा अहिले लटरम्म टमाटर फलेका छन । समयमा हिउँदे वर्षा नहुँदा समेत मेहेनत गरेर राम्रो उत्पादन गर्न सफल बनेका यहाँका तरकारी खेती गर्ने किसानले प्रतिफल पाउने वेलामा भने निराश बन्नु परेको छ ।
उत्पादन राम्रो भयो भनेर हौसिएका यहाँका किसानहरुले उत्पादनको प्रतिफल लिने वेलामा भने मर्कामा परेको गुनासो गरेका हुन् । कावासोती १७ ढोकीका किसान जोग बहादुर महतोले अहिले १२ कठ््ठा जग्गामा टमाटर खेती गर्नुभएको छ । वहाँले खेतमा हिमसोना र अमिता जातको टमाटर लगाउनुभएको छ ।
यहाँ उत्पादन भएको टमाटर अहिले काठमाण्डौँ र पोखरा जाने गरेको छ । अहिले थोकमा प्रति क्यारेट २ सय रुपिँयामा मात्रै टमाटर बेच्नु परेको महतोले गुनासो गर्नुभयो । गत वर्ष यसै सिजनमा बढिमा ७ सय र कममा ४ सय रुपिँया क्यारेट बिक्री भएको टमाटरको मुल्य अहिले ह्वात्तै घटेपछि लगानी समेत ननिस्कने भन्दै वहाँले चिन्ता व्यक्त गर्नुभएको छ ।


भारतीय टमाटर सस्तोमा नेपाली बजारमा पाईदा नेपाली किसान मारमा परेको उहाँको भनाई छ । थोक क्रेताहरु यहाँका किसानको खेतमै आएर टमाटर लैजाने गरेका छन् ।
उत्पादन एकै पटक धेरै भएकाले मूल्य बढ्छ कि भनेर बिक्री नगर्दा बारीमै कुहिने डर हुने , स्टोर गरेर राख्न पायक पर्ने ठाउँमा शित भण्डार नभएकाले बाध्य भएर सस्तोमा नै बिक्री गर्नुपरेको उहाँले बताउनुभयो ।
अहिले किसानले थोक मुल्य प्रतिकेजी ८ रुपिँयाका दरले टमारटर बिक्री गर्नुपरेको उहाँले बताउनुभयो । यस्तै समस्या मध्यविन्दु र हुप्सेकोटका किसानको समेत छ । मध्यविन्दुका किसान अनन्तराम भुषालले पनि यसपाली टमाटरको मुल्य निकै कम हुँदा किसान मारमा परेको गुनासो व्यक्त गर्नुभयो ।
पूर्वी नवलपरासीको कावासोती , मध्यविन्दु र हुप्सेकोटमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत ‘तरकारी जोन’ कार्यक्रम समेत लागु भएको छ । जोन अन्तरगत कावासोती १७ मा दुई वटा समूह गरेर ४५ जना कृषक आबद्ध छन् ।
सबै किसानको गरेर करीब पाँच विघा जति क्षेत्रफलमा टमारटर खेती गरिएको छ । सबै किसानको खेतमा अहिले लटरम्मल टमाटर फलेका छन । तर उचित मुल्य नपाउँदा मर्कामा परेको किसानको गुनासो छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,परियोजना कार्यान्वयन ईकाइ पूर्वी नवलपरासीका प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत विष्णु प्रसाद शर्माका अनुसार ‘तरकारी जोन’ मा आबद्ध भएका सबै किसानले यसपाली टमाटरको उचित मुल्य नपाएको गुनासो गरेको बताउनुभयो ।
भारतबाट सस्तो मुल्यमा टमाटर भित्रनु र उत्पादन पनि बढि हुँदा टमारको मुल्य यसपालि धेरै सस्तो भएको उहाँको भनाई छ । आफुले काठमाण्डौँ स्थीत कालीमाटी तरकारी बजारमा समेत टमाटरको मुल्य फोन मार्फत् बुझ्दा त्यहाँ समेत टमाटरको मुल्य यसपाली सस्तो रहेको उहाँले जानकारी दिनुभयो ।


‘तरकारी जोन’ कार्यक्रम संचालन भएका क्षेत्रमा तरकारी उत्पादन वृद्धि गर्न किसानहरुलाई बिभिन्न तालिमहरु प्रदान , सिचाईको प्रवन्ध , जैविक मल निर्माण र प्रयोगलाई प्रोत्साहन , यान्त्रिकरणलाई जोड दिँदै कृषि उत्पादनको प्रर्वद्धन तथा बजारीकरणमा सहयोग पुर्याउने उदेश्य रहेपनि बजारीकरणमा भने केहि समस्या हुने गरेको परियोजना प्रमुख शर्माले बताउनुभयो ।
कावासोती नगरपालिकाको वडा न.४,९ ,१०, १२, १५, १६ र १७ यस्तै मध्यविन्दु नगरपालिकाको १, २ ,६ र ९ र हुप्सेकोट गाउँपालिकाको वडा एक देखी ४ न. सम्म गरि तीन स्थानीय तहको १५ वडा वडाको करीब ५ सय १० हेक्टर क्षेत्रफल ‘तरकारी जोन’ कार्यक्रममा समेटिएको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0