अदालतको आदेशविपरीत पत्रकार पक्राउ गरिएकोमा महासंघको विरोध

Homeसमाज

अदालतको आदेशविपरीत पत्रकार पक्राउ गरिएकोमा महासंघको विरोध

संवैधानिक आयोगका पदाधिकारीहरुको नियुक्ति र शपथको तयारी
ताला खुल्न नसकेपछि कृषि तथा वन विज्ञान विश्वविद्यालय अस्तव्यस्त बन्यो
आगलागीबाट यो वर्ष देशभर ७९ जनाको ज्यान गयो

१२ वैशाख , काठमाडौँ ।
नेपाल पत्रकार महासंघले अदालतको आदेशविपरीत उज्यालो नेटवर्क अनलाइनका सम्पादक र महाप्रबन्धकलाई पक्राउ गरिएकोमा विरोध जनाउँदै तत्काल निःसर्त रिहाईका गर्न माग गरेको छ ।
महासचिव रोशन पुरीले आइतबार विज्ञप्ति जारी सम्पादक अनिश तामाङलाई कार्यालयबाटै र महाप्रबन्धक दुर्गालाल तामाङलाई बसुन्धाराबाट प्रहरीले गिरफ्तार गरेको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै तत्काल निःसर्त रिहाइ र यस्ता कार्य तत्काल बन्द गर्न सरकार र मातहतका निकायसँग माग गरेका छन् ।
पत्रकार र महाप्रबन्धक तामाङ पक्राउ घटनाले अदालतको आदेशलाई पनि सरकारले अटेर गरेको प्रस्ट पारेको विज्ञप्तिमा उल्लेख छ । ’पाटन उच्च अदालतले शुक्रबार ‘समाचारको विषयमा टुंगो नलागेसम्म निवेदकलाई पक्राउ नगर्नु–नगराउनु’ भनी पत्रकार तामाङसहितका निवेदकको मुद्दामा आदेश दिइसकेको छ । साथै, त्यस अनलाइनमा प्रकाशित समाचारको विषयलाई प्रेस काउन्सिल नेपालले आफ्नो क्षेत्राधिकारभित्र रही निरुपण गरिसकेको छ । यस्तो अवस्थामा अनामनगरस्थित कार्यालयमै पुगेर पत्रकारलाई गिरफ्तार गर्नुले लोकतान्त्रिक विधि र प्रक्रियामात्र होइन संवैधानिक व्यवस्थामाथिकै ठाडो हस्तक्षेप भएको महासंघको ठहर छ । त्यतिमात्र होइन, यो घटनाले अदालतको आदेशलाई पनि सरकारले अटेर गरेको प्रस्ट भएको छ ।’
समाचारका विषयमा चित्त नबुझे त्यसप्रति असन्तुष्टि जनाउने त्यसका निश्चित विधि र प्रक्रिया भए पनि त्यसलाई बेवास्ता गर्दै सञ्चारगृहमै प्रहरी प्रवेश गरेर पत्रकारलाई गिरफ्तार गर्ने कार्य प्रेस स्वतन्त्रतामाथि नै प्रहार गरेको महासंघको ठम्याइ छ । पक्राउ परेकाहरुको तत्काल रिहाइ नगरे महासंघ आन्दोलनमा जान बाध्य हुनेसमेत चेतावनी दिइएको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0