कोरोनाका कारण नेपाल कुमाल समाज सुधार समितिको सातौँ राष्ट्रिय महाधिवेशन स्थगित

Homeकुमाल समाजकुमाल समाज विशेष

कोरोनाका कारण नेपाल कुमाल समाज सुधार समितिको सातौँ राष्ट्रिय महाधिवेशन स्थगित

माघे सक्राति-प्रकृति पूजक कुमालकाे मुख्य पर्व,आफ्नै विशेषता र प्राकृतिक महत्त्व
हराएको संस्कृति
डोजर आक्रमणमा परी मृत्यु भएका कुमालको परिवारलाई उचित क्षतिपूर्तिको माग

१३ वैशाख , काठमाडौँ ।
कोरोना भाइरसका कारण नेपाल कुमाल समाज सुधार समितिको सातौँ राष्ट्रिय महाधिवेशन स्थगित भएको छ ।
सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै समितिले महाधिवेशन स्थगित भएको जानकारी गराएको छ ।
यही वैशाख १८ , १९ गते गते कास्कीमा महाधिवेशन हुने तय गरिएको थियो । तर कोरोना भाइरसको प्रभावका कारण अर्को सूचना जारी नभएसम्मका लागि महाधिवेशन स्थगित गरिएको हो ।
कोरोना भाइरसका कारण देशको अवस्था अनुकूल नभएकोले महाधिवेशन स्थगित गर्नुपरेको केन्द्रीय महासचिव ठाकुर कुमालले जानकारी गराएका छन् ।
कोरोना भाइरसको सम्भावित जोखिमबाट जोगिन सरकारले देशभर सभा, सम्मेलन, भेला, जमघट, भोजभतेर नगर्न÷नगराउन आह्वान गरेकोले पनि नेपाल कुमाल समाज सुधार समितिको सातौँ राष्ट्रिय महाधिवेशन स्थगित गरिएको हो ।
देशको अवस्था अनुकूल भएपछि यथासम्भव चाँडो महाधिवेशन सम्पन्न गरिने पनि उनले जानकारी दिए ।
महासचिव कुमालले उक्त रोगको प्रकोपबाट हुन सक्ने महामारीबाट आफू, आफ्नो परिवार, समाज र देशबासीलाई सुरक्षित राख्न आवश्यक उपायहरु अवलम्बन गर्न र सो सम्बन्धी विषयमा सचेतना अपनाउन समेत सबैमा अपिल गरेका छन् ।

केन्द्रीय महासचिव ठाकुर कुमालद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा भनिएको छ , ‘ उपरोक्त सम्बन्धमा नेपाल कुमाल समाज सुधार समितिको सातौँ राष्ट्रिय महाधिवेशन बारे कास्की जिल्ला पोखराको भण्डारढिक गत चैत १८ गतेको दिन केन्द्रीय समितिको विस्तृत बैठक बसी निर्णय गरे बमोजिम बैशाख १८ र १९ गते कास्की जिल्ला पोखराको भण्डारढिकमा जिल्ला कार्यसमितको भवनमा एकताको सातौँ रािष्ट्रय महाधिवेशन गरिने भन्ने सर्वसम्मतका साथ निर्णय गरी मूल आयोजक केन्द्रीय समितिले प्रत्येक आधिकारीक जिल्ला कार्यसमितिलाई पत्राचार गरी सम्पूर्ण कार्यक्रम व्यवस्थापन मिलाइ सकिएको सम्पूर्ण कुमाल समुदायलाई यथाशिघ्र जानकारी भएतापनि हाल विश्वव्यापी महामारी कोरोना भाइरसका कारण नेपाल सरकारले कुनैपनि सार्वजनिक कार्यक्रममा सहभागी नहुन नेपाल सरकारको आह्वान सुचना जानकारीका कारण यस तोकिएको मिति २०७८ साल वैशाख १८ र १९ मा हुने सातौँ रािष्ट्रय महाधिवेशन गर्न असमर्थ भएको जानकारी गरिन्छ । यस कोरोना महामारीको अवस्था र नेपाल सरकारकोे घोषणा सूचना जानकारी यथार्थ नभएसम्म नेपाल कुमाल समाज सुधार केन्द्रीय समितिले पनि निर्णय गर्न असमर्थ हुनेछौँ । तसर्थ यस महामारी पश्चात अनुकुल सृजना वातावरण हुदा साथ केन्द्रीय समितिको तत्काल बैठक बसी पुनः महाधिवेशनको मिति तय गर्नेछौँ र महाधिवेशनको निम्ति स्थान पुनः कास्की पोखराको भण्डारढिक, नेपाल कुमाल समाज सुधार जिल्ला कार्यसमितिको भवनमा नै गरिने निर्णय गरिने छ । अन्त्यमा सम्पूर्ण देश तथा विदेशमा रहनुहुने सम्पूर्ण कुमाल लगायत गैर कुमाल जनसमुदायप्रति यस कोरोना महामारीबाट बचौँ र बचाऔँ भन्ने मूल नारालाई पनि आत्मसाथ गर्नु हुन नेपाल कुमाल समाज सुधार केन्द्रीय समिति अह्वान गरिन्छ ।’

COMMENTS

WORDPRESS: 0
DISQUS: 0