कावासोती नगरपालिकामा नगर स्तरीय युवा सञ्जाल गठन

Homeसमाज

कावासोती नगरपालिकामा नगर स्तरीय युवा सञ्जाल गठन

थारु संगठन र सरकारबीच मंगलबार पहिलो चरणको वार्ता सम्पन्न
काठदाउराको प्रतिवन्ध फुकुवा नगरे आन्दोलित हुने छौँ ः वन उपभोक्ता ।
क्रिश्चियन धर्मालम्बीहरूले आज क्रिसमस डे पर्व मनाउँदै

१७ वैशाख , नवलपुर ।
पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले नगर भित्र रहेका युवालाई समेटेर नगर स्तरीय युवा सञ्जाल गठन गरेको छ । शुक्रबार नगरपालिकामा भएको युवाको भेलाबाट सञ्जालको ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो ।
जसको अध्यक्षमा खडक मान मानन्धर रहेका छन् । उपाध्यक्षमा उत्सव खराल, सचिवमा संगम श्रेष्ठ, कोषाध्यक्षमा पवन भुर्तेल र सहसचिवमा शर्मिला विक रहेका छन् ।


त्यस्तै सदस्यहरुमा बि माया सार्की , छविलाल लम्साल , पार्वती महतो , सिर्जना पौडेल , प्राथर्ना पौडेल र अमृता सिग्देल रहेका छन् । नवगठित कार्यसमितिले नगरभित्र रहेका युवालाई रचनात्मक काममा परिचालन गर्न भूमिका खेल्ने नगरपालिकाका स्थानीय शिक्षा अधिकारी क्षेत्र वहादुर भण्डारीले बताए ।
भण्डारीका अनुसार युवाले नगरको नीति कार्यक्रममा रहेर विकास निर्माणको काममा सघाउने, लागूऔषध दुव्र्यसनबाट युवाहरुलाई जोगाउने खालका कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले युवा सञ्जाल गठन गरिएको हो । यस्तैगरी नगर युवा सञ्जालका लागि प्रत्येक वडा वाट मनोनित भएर आएका युवाहरुलाई बुुधबार देखि कावासोती नगर युवा संसदको अभ्यास गराइएको थियो ।
नगर कार्यपालिकाको बैठक कस्तो हुन्छ ? कुन प्रकृयाबाट चुनाव हुन्छ ? नगर प्रमुख , नगर उपप्रमुख कसरी छनौट हुन्छ ? नगर सभा कस्तो हन्छ ? निति तथा योजना कसरी पारित हुन्छ ? भन्ने लयायतका विषयमा अभ्यास गराइएको थियो ।


राष्ट्रिय युवा परिषद् जिल्ला युवा समिति नवलपुरको समन्वय र कावासोती नगरपालिकाको आयोजनामा उक्त कार्यक्रम गरिएको हो । देशका ७ सय ५३ वटै स्थानिय तहहरुमा युवा सञ्जाल गठन गर्दै युवाहरुलाई नेतृत्वमा कसरी अगाडि ल्याउने भन्ने विषयमा यो सञ्जालले विशेष भूमिका खेलेको हुन्छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0