नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप ३३ जनाको ज्यान गयो

Homeस्वास्थ

नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप ३३ जनाको ज्यान गयो

कोरोना भ्याक्सिन निःशुल्क लगाउँछौं : अर्थमन्त्री
काठमाडौंमा बर्ड फ्लु : तारकेश्वरमा २३ सय पन्छी नष्ट गरियो
स्वास्थ्य बिमा कार्यक्रमलाई कसरी प्रभावकारी ढङ्गले लैजान सकिन्छ ? – मुख्यमन्त्री गुरुङ

१७ वैशाख , काठमाडौँ ।
नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप ३३  जनाको ज्यान गएको छ ।
पछिल्लो २४ घण्टामा ३३ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
योसहित नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार दुई सय ७९ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा पाँच हजार सात सय २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
१५ हजार तीन सय ९१ जनाको पीसीआर परीक्षण गर्दा पाँच हजार ६ सय ५७ जना र पाँच सय २५ जनाको एन्टिजेन परीक्षण गर्दा ७० जना गरी पाँच हजार सात सय २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
एकैदिनमा नयाँ सङ्क्रमण पुष्टि र ज्यान गुमाएकाको यो अहिलेसम्मकै धेरै सङ्ख्या हो ।
आज थपिएका सहित नेपालमा तीन लाख २३ हजार एक सय ८७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । अहिले नेपालमा ३८ हजार आठ सय १३ जना सक्रिय सङ्क्रमित छन् ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0