संसारै रुवाउने यो कस्तो कहर ?

Homeसाहित्य

संसारै रुवाउने यो कस्तो कहर ?

तन्नेरी हाँवर कर्म
हराएको संस्कृति
आउ संस्कृती जोगाऔं

दिपकलाल श्रेष्ठ , ३० वैशाख, नवलपुर ।

संसारै रुवाउने यो कस्तो कहर ?
न त गाउं भन्यो न त छोड्यो शहर
कस्को पो होला जिउने यस्तो रहर?
थुनिएर बन्दि झै संधै आठै प्रहर

जात चिनेन, रंग नि भनेन
मै हुं नि भन्ने, कसैलाई गनेन
खोस्दै छ सबको खुशि अनि चयन
पुकार यसले कसैको नि सुनेन

आफ्नो भनेन, न त भन्यो पराई
बढ्दैछ झन, मन सबको जलाई
देबी नै भाक्दा धन सब चढाई
जित्नै नसक्ने यो कस्तो लडाईं?

भो ! आत्तिएर हुने छैन केही
समस्यामै हुन्छ समाधान त्यहिं
मात्रै घरमा बसे, अनि माक्स लगाई
भाग्छ यो शत्रु, आफै लजाई लजाई

COMMENTS

WORDPRESS: 0
DISQUS: 0