उनी र ऊनि

Homeसाहित्य

उनी र ऊनि

आउ संस्कृती जोगाऔं
संसारै रुवाउने यो कस्तो कहर ?
कुमाल दाई

सन्तोष गौतम समर्पण,
५ वैशाख , हेटौंडा 

कुनै जनावरको शरिर बाट अल्गिएर
चर्खामा बेरिँदै
कुरुषमा उनिँदै
नारीका कोमल हत्केलामा हुर्किँदै
आफ्ना मायालुका लागि,
मायाको निसानी मिसाउँदै
कुरुषको टुप्पोले औंला छियाछिया बनाउँदै,
भावनाको डोरीले खिच्दै
धड़कनको अभाष बनेर मुटुको चालमा सुटुक्क पसेर धडकिरहेकि छौ
मलाइ बेरिरहेकी छौ र न्यानो पारिरहेकि छौ
पहिले जे थियौ अब तिमी त्यो रहिनौ
तिमीले आफूलाई सुन्दरताले सिंगार्यौ
हेरिरहुँ लाग्ने बन्यौ
र त
सजाएककि छौ मेरा कोठाका भित्ता भित्तामा
दिलको कुनाकुनामा
आँखाका नानिहरुमा
कहिल्यै नमेटिने स्मृतिका न्यानो छापहरुमा ।
चिसो सिरेटोले चिस्सिदै रहेको
सेलाउदै गएको कठ्याङ्ग्रिएको
त्यो नाम्चे बजार भन्दा माथी
बेस क्याम्प भन्दा तल
शेर्पिनी दिदिको पसलमा
चौरिको बाक्लो दूध संगै
हुस्सुलाई गिज्याउँदै उडिरहेको
चियाको बाफ
र त्यो गिलासको न्यानो स्पर्श झैं
दुबै मेरा लागि उत्तिकै न्यानो छौ
फरक त म शब्दमा अलिअली देख्छु
बोलिमा त झन ठ्म्याउनै सक्दिन
दुबै प्रिय छौ मेरा लागि
उनी र ऊनि ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0