प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आइतवारसम्मका लागि स्थगित

Homeराजनीति

प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आइतवारसम्मका लागि स्थगित

रेशम चौधरीको माग गर्दै गृहमन्त्री बादल माइतीघर मण्डलमा
अँध्यारो अनुहार लगाउनेहरु शान्ति प्रक्रिया ध्वस्त पार्न लागे : खाँड
विवेकशील साझाको प्रवक्तामा पाठक चयन

१४ जेठ , काठमाडौँ ।
प्रतिनिधि सभा विघटन र संविधानको धारा ७६ को उपधारा ५ अनुसार सरकार गठनसम्बन्धी परेको रिट निवेदनमाथिको शुक्रवारको सुनुवाइ सकिएको छ ।
रिट निवेदक पक्षका वकिल र महान्यायाधिवक्ता रमेश बडालबीच विवाद भएपछि प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आइतवारसम्मका लागि स्थगित भएको हो ।
नेकपा एकता बदर गर्ने न्यायाधीश बमकुमार श्रेष्ठलाई संवैधानिक इजलासमा राखिएको भनेर गोविन्द बन्दीलगायत कानुन व्यवसायीले आपत्ति जनाएपछि इजलासमा विवाद भएको थियो ।
विवादकै बीच शम्भु श्रेष्ठ, रमण श्रेष्ठ, टीकाराम भट्टराईलगायत वरिष्ठ अधिवक्ता, कानुन व्यवसायी बन्दीको भनाइको पक्षमा उभिएका थिए ।
विवादकै बीच प्रधानन्यायाधीशले आजको सुनुवाइ हेर्दाहेर्दैमा रहेको भन्दै आइतवारसम्मका लागि स्थगित गर्नुभएको छ ।
प्रतिनिधि सभा विघटनसम्बन्धी परेका रिटमाथि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नेतृत्वमा संवैधानिक इजलास गठन गरेर आज सुनुवाइ सुरु भएको थियो ।
इजलासमा प्रधानन्यायाधीश राणा र न्यायाधीश बमबहादुर श्रेष्ठसहित न्यायाधीशहरू दीपककुमार कार्की, आनन्दमोहन भट्टराई र तेजबहादुर केसी रहेका छन् ।
संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीमा दाबी गर्नुभएका नेकपा अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दुवैले विश्वासको मत प्राप्त गर्ने आधार प्रस्तुत नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते मध्यरातमा दुवैको दाबी अस्वीकार गर्दै प्रतिनिधि सभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गर्नुभएको थियो ।
दोस्रो पटक असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन भएको भन्दै विघटित प्रतिनिधि सभाका ए कसय ४६ सांसदले संसद् पुनर्स्थापनालगायत मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।
प्रतिनिधि सभा पुनर्स्थापनासहित उनीहरूले संविधानको धारा ७६ को उपधारा ५ अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने माग गरेका छन् ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0