कोरोनाका भेरियन्टलाई नामाकरण गर्ने विश्व स्वास्थ्य संगठनको घोषणा

Homeअन्तराष्ट्रिय

कोरोनाका भेरियन्टलाई नामाकरण गर्ने विश्व स्वास्थ्य संगठनको घोषणा

म्यानमारमा सेनाको गोली लागेर अहिलेसम्म ४३ जनाभन्दा धेरै बालबालिकाले ज्यान गयो
फ्रान्सका राष्ट्रपति म्याक्रोनलाई सार्वजनिक स्थलमै चड्कन !
स्वीटजरल्याण्डमा मुस्लिम महिलालाई बुर्का लगाउनु पर्ने बाध्यताको अन्त्य

१८ जेठ , काठमाडौँ ।
कोरोना भाइरसका नयाँनयाँ प्रकार निस्कन थालेपछि विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले भाइरसको नामाकरण गर्ने नयाँ प्रणालीको घोषणा गरेको छ ।
डब्ल्यूएचओले कोरोना भाइरसका भेरियन्टहरुलाई जनाउनका लागि ग्रीक अक्षरहरुको प्रयोग गर्ने भएको छ ।
बेलायतमा पहिलोपटक भेटिएको कोरोना भाइरसको भेरियन्टलाई अल्फा, दक्षिण अफ्रिकामा भेटिएको भेरियन्टलाई बिटा र भारतमा भेटिएको भेरियन्टलाई डेल्टा नामाकरण गरिएको डब्ल्यूएचओले जनाएको छ । चर्चा परिचर्चालाई सहज बनाउन तथा नामसँग जोडिएर आउने धब्बा हटाउनका लागि नयाँ नामकरण प्रणालीको व्यवस्था गरिएको डब्ल्यूएचओले जनाएको छ ।
कोरोना भाइरसको भेरियन्ट पहिलोपटक पत्ता लागेको वा त्यसबारे जानकारी गराएकै आधारमा कुनै पनि देशलाई धब्बा लगाउन नहुने डब्ल्यूएचओको कोभिड–१९ प्राविधिक समितिकी मारिया भान कर्खोभले बताउनु भएको छ ।
उहाँले भेरियन्टमाथिको अनुगमन बढाउनु पर्ने र सङ्क्रमण रोक्नका लागि वैज्ञानिक तथ्यहरु साझा गरिनु पर्ने पनि बताउनु भएको छ ।
भेरियन्टका नामहरुको पूर्णसूची डब्ल्यूएचओले आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको छ । यदि २४ भन्दा धेरै भेरियन्ट भेटिएको खण्डमा ग्रीक वर्णमालाका अक्षर सकिनेछ र नयाँ प्रणाली घोषणा गरिनेछ । भारतमा देखिएको डेल्टा भेरियन्ट बेलायतमा देखिएको भेरियन्टभन्दा चाँडो फैलने पाइएको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0