नेपालमा कोरोनाको नयाँ भेरिएन्ट पत्ता लागेको छैन : डब्लुएचओ

Homeस्वास्थ

नेपालमा कोरोनाको नयाँ भेरिएन्ट पत्ता लागेको छैन : डब्लुएचओ

कोरोना भ्याक्सिन निःशुल्क लगाउँछौं : अर्थमन्त्री
२४ घण्टामा नेपालमा तीन सय १८ जना कोरोना संक्रमित भेटिए
कोरोनाका कारण २० जिल्ला अति जोखिममा

२० जेठ , काठमाडौँ ।
विश्व स्वास्थ्य सङ्गठनले नेपालमा कोरोना भाइरसको कुनै नयाँ स्वरुप पुष्टि नभएको प्रष्ट्याएको छ ।
बेलायतबाट प्रकाशित हुने पत्रिका डेली मेलले बुधबारको अङ्कमा कोरोना भाइरसको ‘नेपाल स्वरुप’ भनेर समाचार प्रकाशनगरेपछि विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरस (सार्स–कोभ–२)को नयाँ स्वरुप फेला परेको सम्बन्धमा कुनै जानकारी नभएको बताएको हो ।
डेली मेलले आफ्नो जुन २ को अङ्कमा ‘नेपाल भेरिएन्ट थ्रेट टु आवर होलीडे’ शीर्षक राखेर आवरण समाचार प्रकाशन गरेको थियो । बीबीसीले भने उक्त समाचारलाई ट्वीट गरेको थियो । कोरोनाभाइरसको नेपाली स्वरुपलाई लिएर बिदामा जान जोखिम उत्पन्न हुने आशयसहितको उक्त समाचार डेली मेलले प्रकाशन गरेको थियो ।
बेलायत सरकारले कोरोनाभाइरसको जोखिम रहेको राष्ट्रलाई रातो सूचीमा राख्दै भ्रमण तथा यात्रामा प्रतिबन्ध लगाउँदै आएको छ । आगामी दिनमा हुने सरकारी बिदामा नेपाललाई गन्तब्य सूचीमा राख्न सकिने भएपछि डेली मेलले उक्त समाचार प्रकाशन गरेको थियो ।
विश्व स्वास्थ्य सङ्गठनले भने नेपालमा अल्फा, डेल्टा र कप्पा गरी तीन स्वरुप मात्रै पुष्टि भएको जनाएको छ । विश्व स्वास्थ्य सङ्गठनले बी.१.१.७ लाई अल्फा, बी.१.६१७.२ लाई डेल्टा र बी.१.६१७.१ लाई कप्पा नामाकरण गरेको छ ।
कोरोनाको तीन वटा स्वरुपमध्ये नेपालमा हाल डेल्टा(बी.१.६१७.२) स्वरुप तीब्र रुपमा फैलिएको छ । कोरोनाको डेल्टा स्वरुप बेलायतबाट भारत भित्रिएको स्वरुप उत्परिवर्तन भएर नयाँ स्वरुप ग्रहण गरेको हो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0