गण्डकीका खेलकुद मन्त्री गुरुङको पहलमा स्वास्थ्य सामग्री वितरण ।

Homeअन्य

गण्डकीका खेलकुद मन्त्री गुरुङको पहलमा स्वास्थ्य सामग्री वितरण ।

Pop superstar Britney Spears was honored with the 2017 RDMA ‘Icon’ Award
6 Kitchen Remodel Tips That Even Top Interior Designers Love
कोरोनाले चलचित्र उद्योग धरासायी भएपछि पुनरुत्थान कार्यक्रम माग

नवीन लामिछाने ,२३ जेठ , मनाङ ।
गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजिब गुरुङ (दिपक मनाङ्गे)काे विशेष पहलमा नासो गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।

शुक्रवार उनले माउन्टेन ह​र्ट नेपालद्वारा सहयाेग स्वरुप गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

खेलकुद मन्त्री गुरुङको विशेष पहलमा गाउँपालिकालाई ५ थान अक्सिजन कन्स​न्ट्रेट​र , मास्क,सेनिटाईज​र पि पि ई लगायतका अत्यावश्यक स्वास्थ्य सामाग्रीह​रु नासो गाउँपालिकाका अध्यक्ष चन्द्र घलेलाई हस्तान्तरण गरिएको हो ।
मन्त्री गुरुङले यसअघि पनि गण्डकी प्रदेश सरकारको सहयोगमा १० वटा अक्सिजन सिलिन्डर र मनाङ समाज काठमाडौंको सहयोगमा ७ वटा अक्सिजन कन्सन्ट्रेटर पठाएको थियो ।

खेलकुद मन्त्री गुरुङका प्रवक्ता रोनित गुरुङका अनुसार भ्राका राजा घलेबाट १ वटा अक्सिजन कन्सन्ट्रेटर गरी ८ वटा अक्सिजन कन्सन्ट्रेटर र १० वटा अक्सिजन सिलिन्डर ङिस्याङ गाउँपालिका ६ का वडाध्यक्ष सोनम गुरुङलाई प्रदान गरिएको थियो ।
कोरोना महामारीको समयमा जनताको स्वास्थ्य नै सबैभन्दा ठूलो रहेकाले मनाङ जिल्लाको अन्य तीन वटा गाउँपालिकाकालाई पनि सहयोग गरिने समेत मन्त्री गुरुङले बताए ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0