फेसबुक, टिकटक, युट्युब चलाउनेहरु प्रहरीको निशानामा, साइबर ब्युरोले दियो चेतावनी

Homeसमाज

फेसबुक, टिकटक, युट्युब चलाउनेहरु प्रहरीको निशानामा, साइबर ब्युरोले दियो चेतावनी

हिंसा विरुद्ध सधै आवाज उठाउन सक्नु पर्छ — प्रहरी उपरीक्षक प्रकाश मल्ल
आज महाशिवरात्रि पर्व मनाइदै
नवलपुरमा बलात्कार तथा यौन दुब्र्यवहारका घटना सवैभन्दा धेरै

२४ जेठ , काठमाडौँ ।
फेसबुक, युट्युब, टिकटक लगायतमा व्यक्तिको चरित्रहत्या हुनेगरी फोटो एडिड गरेर वा अन्य तरिकाले परिमार्जित सामग्री पोस्ट गर्नेहरु नेपाल प्रहरीको निशानामा पर्ने भएका छन् ।
नेपाल प्रहरीको साइबर ब्युरोले यिनीहरुलाई लक्षित गर्दै सूचना जारी गरेको छ ।
प्रहरीले सामाजिक संजाल दुरुपयोग गर्ने व्यक्तिहरूलाई प्रचलित कानुनअनुसार कारवाही गर्ने चेतावनी दिएको छ ।
प्रहरीको साइबर ब्यूरोले सोमबार एक नोट जारी गर्दै भनेको छ ‘हालको बन्दाबन्दी, संक्रमणकालीन समयमा पनि सामाजिक सञ्जालको दुरुपयोग गरी अमर्यादित कार्य गर्ने, चरित्र हत्या गर्ने उदेश्यबाट त्यस्ता समाग्रीहरू बनाउने, प्रकासन, प्रसारण गर्ने गरेको पाइएको हुँदा त्यस्ता कार्यहरू नगर्न÷नगराउन हुन अनुरोध साथै त्यस्ता गतिविधि गरेको पाइएमा विद्युतिय कारोवार ऐन, २०६३ अन्तर्गत कारवाही हुने व्यहोरासमेत जानकारी गराइएको छ ।’

COMMENTS

WORDPRESS: 0
DISQUS: 0