नवलपुरमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

Homeसमाज

नवलपुरमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

हुप्सेकोट गाउँपालिका वडा नं. १ का अध्यक्षको निधन
४० वर्ष भारतीय जेलमा बिताएका दुर्गाप्रसादले बिहीवार नेपाली नागरिकता पायो
नेपाल पत्रकार महासंघ मनाङ शाखाको अध्यक्षमा नवीन लामिछाने निर्बिरोध चयन

२४ जेठ , नवलपुर ।
पूर्वी नवलपरासीको देवचुली नगरपालिका–२ हमाल चोक स्थित सडकमा ना. १ क ३९५३ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका करिब ५५ वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनलाई इलाका प्रहरी कार्यालय रजहरबाट खटिएको प्रहरीले उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौली लगेकोमा उपचारको क्रममा उनको मृत्यु भएको बताइएको छ ।
ठक्कर दिने ट्रक र ट्रक चालक ईलाका प्रहरी कार्यालय गैंडाकोटको नियन्त्रणमा रहेको नवलपुर प्रहरीले जनाएको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0