विश्वकप छनोट : नेपालले आज जोर्डनसँग खेल्दै

Homeअन्यखेल

विश्वकप छनोट : नेपालले आज जोर्डनसँग खेल्दै

कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई कोरोना पुष्टि
कांग्रेसको १४ औँ महाधिवेशनको सरगर्मी बढ्यो,क्षेत्रीय सभापतिमा रानाभाटको पनि चर्चा
नवलपुरको पार्टी कार्यालयमा राखियो नेकपा एमालेको बोर्ड

२४ जेठ , काठमाडौँ ।
विश्वकप २०२२ र एसिया २०२३ को छनोट अन्तर्गत नेपालले आज जोर्डनसँग फुटबल खेल्दैछ ।
कुवेतमा भइरहेको छनोट अन्तर्गत समूह ‘बी’ मा नेपाल सातौं खेल्दै छ ।
खेल कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ ।
कोरोना महामारीले गर्दा करिब १८ महिना रोकिएको एसियाली छनोट फेरि सुरु हुँदा जोर्डनको यो पहिलो खेल हुनेछ । समूह ‘बी’ का खेलहरु न्युट्रल भेन्युको रुपमा कुवेतमा भइरहेको छ ।
नेपालले यसअघि चाइनिज ताइपेईलाई २–० ले पराजित गर्दै आत्मविश्वास बढाएको छ । एसिया कपको लागि सिधै तेस्रो चरणको छनोटमा पुग्नका लागि नेपाललाई आज जित आवश्यक छ । तर जोर्डन नेपालभन्दा बलियो टोली हो र अहिलेसम्म नेपालले जोर्डनलाई पराजित गर्न सकेको छैन । छनोटकै अवे खेलमा नेपाल जोर्डनसंग ३–० ले पराजित भएको थियो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0