मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चमा रिट दर्ता

Homeराजनीति

मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चमा रिट दर्ता

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको स्थायी समिति बैठक सुरु
कम्युनिस्टको बर्को ओढेर कम्युनिस्ट आन्दोलनको बदनाम गर्यो – प्रम ओली
अखिल नेपाल महिला संघको अगुवा महिला कार्यकर्ता भेला सम्पन्न

२४ जेठ , काठमाडौँ ।
कामचलाउ सरकारले मन्त्रिपरिषद् विस्तार र पुनर्गठन गर्नु असंवैधानिक भएको भन्दै सर्वोच्चमा रिट दर्ता भएको छ ।
दिनेश त्रिपाठी र कञ्चनकृष्ण न्यौपानेलगायतले दायर गरेको रिट सर्वोच्चमा दर्ता भएको हो । यो रिटमा मंगलबार पेशी तोकिएको छ ।
कामचलाउ सरकारले मन्त्रिपरिषद् विस्तार गर्न नमिल्ने भन्दै यो विस्तारमा मन्त्री भएकालाई काम गर्न नदिनू र आगामी दिनमा पनि मन्त्रिपरिषद् विस्तार नगर्नू भनेर अन्तरिम आदेश माग गरिएको रिट निवेदक अधिवक्ता न्यौपानेले बताउनु भयो ।
चुनावी सरकार भएकाले पनि मन्त्रिपरिषद् विस्तार असंवैधानिक भएको रिट निवेदकको दाबी छ ।
राष्ट्रपतिले वर्तमान सरकार काम चलाउ नभने पनि संविधानको धारा ७७ को उपधारा ३ अनुसारसरकार कामचलाउ भएको निवेदकहरूले दाबी गरेका छन् ।
यो उपधारामा लेखिएको छ, ’उपधारा १ बमोजिम प्रधानमन्त्रीको पद रिक्त भएमा अर्को मन्त्रिपरिषद् गठन नभएसम्म सोही मन्त्रिपरिषद्ले कार्यसञ्चालन गर्नेछ ।’

COMMENTS

WORDPRESS: 0
DISQUS: 0