राउटे युवतीमाथि यौन दुर्व्यवहार भएको घटनाप्रति जनजाति विद्यार्थी महासंघको गम्भीर ध्यानाकर्षण

Homeसमाज

राउटे युवतीमाथि यौन दुर्व्यवहार भएको घटनाप्रति जनजाति विद्यार्थी महासंघको गम्भीर ध्यानाकर्षण

ताप्लेजुङका अग्निपीडितको गृहमन्त्रीलाई ज्ञापन पत्र
स्रोत नखुलेको डेढ करोड रुपैयाँसहित थानकोटबाट दुई जना पक्राउ
राउटे अगुवाद्वारा मुख्यमन्त्री शाहीसँग खाना र पाल उपलब्ध गराउन आग्रह

२४ जेठ , काठमाडौं ।
नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघले राउटे समुदायका युवतीमाथि यौन दुर्व्यवहार भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपालका सम्पुर्ण आदिबासी जनजातिहरुको साझा सस्था विद्यार्थी महासंघले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै महासंघले सो घटनाप्रति आपत्ति जनाएको हो ।

महासंघले घटनामा संलग्न होटल सञ्चालक गुर्भाकोट नगरपालिकाका विनोद पुन तथा संलग्न व्यक्तिहरू चमन घर्ती (जोगी) र भुपेन्द्र बुढामाथि तत्काल अनुसन्धान गरी कानूनबमोजिम कडाभन्दा कडा कार्बाही अगाडि बढाउन सम्बन्धित राज्य सरकार र संयन्त्रहरु तथा सम्बन्धित निकायहरूलाई आग्रह गरेको छ ।

विज्ञप्तिमा भनिएको छः ‘यस घटनामा संलग्न होटल सञ्चालक गुर्भाकोट नगरपालिकाका विनोद पुन तथा संलग्न व्यक्तिहरू चमन घर्ती (जोगी) र भुपेन्द्र बुढामाथि तत्काल अनुसन्धान गरी कानूनबमोजिम कडाभन्दा कडा कारवाही अगाडि बढाउन सम्बन्धित राज्य सरकार र संयन्त्रहरु तथा सम्बन्धित सम्पूर्ण निकायहरूलाई महासंघ जोडदार आग्रह गर्दछ । विभिन्न बहानामा सत्ता र शक्तिको दुरूपयोग गर्दै अनुसन्धान कमजोर बनाउने, अभियुक्तहरूलाई उन्मुक्ति दिनेजस्ता कार्यहरू सम्बन्धित जिम्मेवार संयन्त्रहरूबाट नहोस् भन्ने गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं ।’
महासंघले कानूनी राज्यको प्रत्याभूत दिलाउन सम्बन्धित (स्थानीय तह, प्रदेश, संघीय) सरकार, न्यायालय, प्रहरी प्रशासन र मानवअधिकारवादी संस्थाहरूलाई गम्भीर हुन र न्याय प्रत्याभूत गर्न गराउन समेत विशेष आग्रह गरेको छ ।
स्वतन्त्र पुर्वक जानकारी मन्जुर र स्वीकृत बिना सार्वजनिक भएका भिडियो तस्बिरहरुलाई सरकारको सम्बन्धित संन्यत्रले सिस्टम बमोजिम हटाउन समेत विषेश आग्रह गरेको छ ।
राउटे समुदायका युवतीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुर्खेतको गुर्भाकोट नगरपालिका मेहलकुनाबाट गुर्भाकोट नगरपालिकाका ३५ वर्षका दोमनबहादुर घर्ती, २४ वर्षका भुपेन्द्र बुढा र २९ वर्षका होटल सञ्चालक बिनोद पुनलाई पक्राउ गरेको थियो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0