मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

Homeराजनीति

मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

नेपाली कांग्रेसले भोलि ४५ औँ मेलमिलाप दिवस मनाउदै
18 myths uncovered about financial advisors
गुटगत गतिविधि गर्नेलाई स्पष्टीकरण सोध्ने एमाले संसदीय बोर्डको निर्णय

२५ जेठ , काठमाडौँ ।

सुदूरपश्चिम प्रदेश सरकारका मुख्य मन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाउनुभएको छ ।
मुख्यमन्त्री भट्टले आज प्रदेश सभामा विश्वासको मत लिन प्रस्ताव पेस गरेपछि सभामुखले निर्णयार्थ पेस गर्दा उहाँको पक्षमा बहुमत पुगेको हो ।
आज प्रदेशसभामा भएको मतविभाजनमा मुख्यमन्त्री भट्टको पक्षमा ३० मत प्राप्त भएको छ ।
विपक्षमा ९ मत खसेको हो । १२ जना सांसद मतदान प्रक्रियामा सहभागी नै भएनन् ।
५२ सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि २७ जनाको समर्थन आवश्यक थियो । मुख्यमन्त्री भट्टले प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम विश्वासको मत लिनुभएको हो।
यसअघि मुख्यमन्त्री भट्टलाई नेकपा एमालेको माधवकुमार नेपाल पक्षले विश्वासको मत दिने निर्णय गरेको थियो भने नेपाली कांग्रेसले भट्टको सरकार जोगाउन मत आवश्यक परेमा मात्रै दिने अन्यथा तटस्थ बस्ने निर्णय गरेको थियो ।
माओवादी केन्द्रका १३ जना, नेपाली कांग्रेसका १२ जना र जनता समाजवादी पार्टीका दुई जना प्रदेश सभा सदस्य छन् ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0