डब्लु डब्लु जे नवलपुरद्धारा महिला पत्रकारहरुलाई स्वास्थ्य सामग्री वितरण

Homeसमाज

डब्लु डब्लु जे नवलपुरद्धारा महिला पत्रकारहरुलाई स्वास्थ्य सामग्री वितरण

तराई क्षेत्रमा बाक्लो हुस्सु र कुहिरो
यो वर्ष नेपालमा इतिहासकै धेरै डढेलो , धेरै डढेलो लाग्नुमा मानवीय लापरबाही देखियो
भूमिहीनलाई जग्गा धनीपूर्जा वितरणमा हुन सक्ने अनियमितता प्रति सरकारको कडा नीति

२५ जेठ , नवलपुर ।

क्रियाशिल महिला पत्रकार डब्लु डब्लु जे नवलपुरद्धारा जिल्ला भित्र रहेका महिला पत्रकारहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । जिल्लामा कोरोना संक्रमण जोखिम कायमै रहेकाले क्रियाशिल महिला पत्रकार नवलपुरले जिल्लाका सञ्चार गृहहरुमा आवद्ध महिला पत्रकारलाई स्वास्थ्य सामग्री बितरण गरेको हो ।
समाजलाई सुसुचित गराउन सूचना प्रवाह गर्ने सञ्चार गृहमा कार्यरत महिला पत्रकारहरुको स्वास्थ्यलाई मध्यनजर गरी संस्थाले सर्जिकल मास्क र सेनिटाइजर वितरण गरेको हो ।
मंगलबार संस्थाकी उपाध्यक्ष शारदा झेँडी र पूर्व अध्यक्ष धनु भुषालको नेतृत्वमा जिल्लाका प्रत्येक सञ्चार गृहमा आवद्ध महिला पत्रकारलाई सो सामग्री विरतण गरिएको हो ।


श्रमजिवि महिला पत्रकारलाई कुनै समस्या परे संस्थालाई खबर गर्न पनि अध्यक्ष ज्ञानु पङ्गेनीले अनुरोध गर्नु भएको छ ।
यस्तै वहाँले क्रियाशिल महिला पत्रकार डब्लु डब्लु जे नवलपुर सदैव श्रमजिवि महिला पत्रकारहरुको पक्षमा रहेको पनि विश्वस्त पार्नुभएको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0