विदेशका ५४ देशमा रहेका १ लाख १० हजारभन्दा धेरै नेपालीमा कोरोना सङ्क्रमण

Homeअन्तराष्ट्रिय

विदेशका ५४ देशमा रहेका १ लाख १० हजारभन्दा धेरै नेपालीमा कोरोना सङ्क्रमण

काबुल विमानस्थलमा गाेली चल्दा पाँच जनाकाे ज्यान गयाे
म्यानमारमा सेनाको गोली लागेर अहिलेसम्म ४३ जनाभन्दा धेरै बालबालिकाले ज्यान गयो
चीनमा बीबीसी वर्ल्ड न्यूजको टेलिभिजन प्रसारण बन्द

२६ जेठ , काठमाडौँ ।
विदेशका विभिन्न ५४ देशमा रहेका १ लाख १० हजारभन्दा धेरै नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
गैर आवासीय नेपाली सङ्घ एनआरएनएको स्वास्थ्य समितिको पछिल्लो तथ्याङ्क अनुसार अहिलेसम्म ५४ देशमा रहेका १ लाख १० हजार १ सय ९६ जना नेपालीमा कोरोना सङ्क्रमण भएको हो सङ्क्रमित मध्ये ९३ प्रतिशत अर्थात् १ लाख ६ हजार ८ सय २३ हजार सङ्क्रमण मुक्त भइसकेका छन् ।
सङ्घका अनुसार गएको दुई हप्तामा भारत, माल्दिभ्स, साउदी अबर, कतार लगायतका देशमा रहेका नेपालीमा थप कोरोना सङ्क्रमण देखिन थालेको हो ।
यस्तै, पछिल्लो समय फेरि कोरोनाको कारण ज्यान गुमाउने नेपालीको सङ्ख्या बढ्न थालेको छ ।
गएका दुई हप्तामा मात्रै थप १३ जना नेपालीको कोरोनाको कारण ज्यान गएको छ ।
एनआरएनएको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार साउदी अरबमा ७ जना, भारतमा ५ र कतारमा १ जना नेपालीको कोरोना भाइरसको कारण ज्यान गएको हो ।
सङ्घले सङ्कलन गरेको तथ्याङ्क अनुसार अहिलेसम्म भारतसहित विश्वभर २८ देशमा रहेका ४ सय ३५ जना नेपालीको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ ।
गैर आवासीय नेपाली सङ्घले कोरोना भाइरसको महामारी सुरु भएदेखि नै विदेशमा रहेका नेपालीमा सङ्क्रमणको अवस्थाबारे तथ्याङ्क सङ्कलन गर्दै आएको जनाएको छ ।
विदेशमा रहेका नेपाली समुदाय, विदेशमा कार्यरत नेपाली चिकित्सक, नेपाली नियोग, सङ्घसंस्था र सङ्घका शाखाद्वारा स्वास्थ्य समितिले नेपालीहरूको तथ्याङ्क सङ्कलन गरिरहेको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0