गोरखा सदरमुकामबाट बुङ्कोट-नाम्जुङ जोड्ने सडक कालोपत्रे

Homeसमाज

गोरखा सदरमुकामबाट बुङ्कोट-नाम्जुङ जोड्ने सडक कालोपत्रे

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान बुधबार देखि सुरु, कावासोतीमा दिप प्रज्वलन गरेर अभियानको उद्धघाटन गरियो
४० वर्ष भारतीय जेलमा बिताएका दुर्गाप्रसादले बिहीवार नेपाली नागरिकता पायो
नवलपुरमा यस वर्ष ५ प्रजातीका नयाँ चरा देखा परे

२६ जेठ , गोरखा ।

गोरखा सदरमुकामबाट ढुङ्गागाढे, बुङ्कोट, नाम्जुङ जोड्ने सडक कालोपत्रे भएपछि स्थानीय खुसी भएका छन् ।
कच्ची सडकमा कष्टकर यात्रा गर्न बाध्य स्थानीय सडक कालोपत्रे भएपछि आउजाउमा सजिलो भएको भन्दै खुसी भएका हुन् ।
गण्डकी प्रदेश सरकारले एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम अन्तर्गत १२ किलोमिटरको उक्त सडक कालोपत्रे गर्ने काम भएको हो ।
गोरखास्थित पूर्वाधार बिकास कार्यालय मार्फत लामा कन्ट्रक्सन कम्पनी काठमाण्डौँले सडक कालोपत्रे गरिरहेको छ । ३२ करोड ९६ लाख रुपैयाँ लागतमा उक्त सडक २०७६ कात्तिकदेखि निर्माण सुरु भएको हो ।
कोरोना प्रभाव र निषेधाज्ञाका कारण सडक निर्माणमा केही समस्या भएपनि निरन्तर काम चलिरहेको र असार मसान्त सम्म पुरै सडक कालोपत्रे भईसक्ने पूर्वाधार बिकास कार्यालयका इन्जिनियर गणेश सुबेदीले बताए ।
सडक चौडा पार्ने, पक्की नाली निर्माण, टेवा पर्खाल लगाउने, ग्राबेल गर्ने काम १२ किलोमिटर पुरा भएको छ । ९ सय मिटर सडक ढलान भइसकेको छ । कालोपत्रे धमाधम भईरहेको छ ।
कोरोना प्रभावका बिच पनि स्थानीय मानिसलाई काम लगाएर समयमै सक्ने गरी सडक कालोपत्रे गरिरहेको निर्माण जिम्मा लिएका ब्यवशायी जनक भट्ट बताउँछन् ।
२०७८ कात्तिक महिनामा कालोपत्रे सम्पन्न गर्नुपर्ने समय रहेको पूर्वाधार बिकास कार्यालयले जनाएको छ ।
कोरोना प्रभाव र असरका बिच सडक निर्माण सन्तोषजनक र छिटो काम भएको शहीदलखन गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष शरण श्रेष्ठले बताए ।
उक्त सडक कालोपत्रे भएपछि आउजाउ गर्न सजिलो भएको, बर्खाको बेला नियमित गाडी चल्ने भएपछि बिरामी पर्दा, सुत्केरी हुँदा अस्पताल जान आउन सजिलो हुने भन्दै स्थानीय खुसी भएका छन् । सदरमुकाम नजिकिएको भन्दै उनीहरु उत्साहित छन् ।
उक्त सडक गोरखा सदरमुकाम भएर प्रसिद्ध धार्मीक स्थल मनकामना जोड्ने सडक हो ।
सडक सात मिटर चौडा बनाइएको छ । उक्त सडकबाट गोरखाको शहदीलखन, गण्डकी, भिमसेन थापा, गोरखा नगरपालिकाका स्थानीय प्रत्यक्ष लाभान्बित हुनेछन् ।
नाम्जुङदेखि घैरुङ हुँदै मनकामना सम्म बाँकी सडकको पनि कालोपत्रे गर्ने गरी डिपीआर तयार भईसकेको पूर्वाधार बिकास कार्यालयले जनाएको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0