पुनर्जाग्रित हुदै : संकटमा परेको कुमाल जातिको पुर्खौलि पेशा

Homeकुमाल समाज

पुनर्जाग्रित हुदै : संकटमा परेको कुमाल जातिको पुर्खौलि पेशा

कुमाल समाज भवन निर्माणकाे लागि स्थानीय तहसँग पहल
नवलपुरकी पत्रकार यामु कुमाल प्रदेश स्तरीय फोटोग्राफी प्रतियोगिताको उत्कृष्ट दशमा
मुटुरोगी मञ्जु कुमालद्वारा आर्थिक सहयोगको अपिल

६ असार , धादिङ ।
संकटमा परेको कुमाल समुदायले गर्दै आएको माटोको भाँडाकुडा बनाउने पेशा पुनः फष्टाउन थालेको छ ।
बढ्दो आधुनिकतासँगै हराउँदै जान थालेको माटोका भाँडाको प्रयोग पछिल्लो समय प्लाष्टिक र सिल्भरभन्दा स्वास्थ्यको लागि पनि राम्रो हुने भन्दै प्रयोगमा आउन थालेको हो ।
यो पेशामा लाग्ने मानिसहरुले पनि परम्परागत तरिकाबाट भन्दा आधुनिक तरिबाट माटाका भाँडा बनाउन थालेका छन ।
बजारमा देखिने प्लाष्टिक र आल्मुनियमका भाँडा कुडाको प्रयोग सजिलो हुने भए पनि स्वास्थ्यको दृष्टिबाट त्यति राम्रो नहुने भन्दै माटोको भाडाहरुको प्रयोग बढ्न थालेको प्रयोगकर्ताहरु बताउँछन ।
माटोको भाँडाकुडा बनाउने काम धादिङमा कुमाल समुदायका मानिसहरुले गर्दै आएका छन ।
पुर्खाहरुले गरेको पेशालाई निरन्तरता दिँदै आएका यस समुदायका मानिसहरुले अहिले यसलाई आधुनिक रुपमा रुपान्तरण गरी काम गर्न समेत थालेका छन ।
योसँगै पुरानो प्रविधिबाट माटोको भाँडा बनाउदै आएकाहरु अहिले विद्युतीय माध्यमबाट माटोको भाँडा बनाउन थालेका छन ।
आजकाल मकै भुट्नका लागि प्रयोगमा आउने हाँडी, पैसा जम्मा गर्ने खुत्रुके पिउने पानी राख्ने गाग्रोलगाएत विभिन्न संस्कार र संकृतिमा प्रयोगमा आउने भाँडा कुडाहरुको विक्रि समेत बढेको भाँडा बनाउने पेशामा संलग्न कुमाल समुदायका मानिसहरु बताउँछन ।
कोरोन महामारीले गर्दा सामान विक्रिमा अलि समस्या भएको बताउदै अब विस्तारै यो पेशाले गति लिन थालेको भनाइ कुमाल समुदायका मानिसहरुको छ ।
यसरी बनाएका माटोको भाँडाहरको मुल्य पनि पहिलेको भन्दा दोब्बरले बृद्धि भएको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0