मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा खड्गबहादुर कुमाल

Homeराजनीति

मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा खड्गबहादुर कुमाल

४५ वर्षिया कुमालको ज्यान गएपछि एक्स्काभेटरमा आगजनी
रिठेपानी कास्की इकाइका अध्यक्ष डिल्लीराम कुमालको स्कुटर दुर्घटनामा परी निधन
नवलपुरकी पत्रकार यामु कुमाल प्रदेश स्तरीय फोटोग्राफी प्रतियोगिताको उत्कृष्ट दशमा


असार २२,पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको राजनीतिक सल्लाहकारमा खड्गबहादुर कमाल (कुमाल) नियुक्त भएका छन्। 

नवलपुर बुलिङटारका कमाललाई गत आइतबारको मन्त्रिपरिषद बैठकले राजनीतिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको छ। 

लामो समय शिक्षा क्षेत्रको क्रियाशील कमाल क्षेत्रीय शिक्षा निर्देशकबाट अवकाशप्राप्त हुन्। अवकाशपछि उनी राजनीतिमा सक्रिय छन् र नेपाली काङ्ग्रेस शुभेच्छुक संस्था नेपाल कुमाल संघ नवलपुर का अध्यक्ष हुन।

त्रिभुवन विश्वविद्यालयबाट शिक्षामा स्नातकोत्तर गरेका उनले काठमाडौं विश्वविद्यालयबाट एमफिल गरेका छन्। 

मुख्यमन्त्रीले ५ जनासम्म विज्ञ नियुक्त गर्न पाउने प्रावधान छ। राजनीतिक सल्लाहकारले प्रदेश राज्यमन्त्री सरह सुविधा पाउने नियम छ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0