कुमाल सङ्ग्राहलय निर्माणका लागि गण्डकी प्रदेशलाई प्रस्तावना पत्र

Homeकुमाल समाजकुमाल समाज विशेष

कुमाल सङ्ग्राहलय निर्माणका लागि गण्डकी प्रदेशलाई प्रस्तावना पत्र

रिठेपानी कास्की इकाइका अध्यक्ष डिल्लीराम कुमालको स्कुटर दुर्घटनामा परी निधन
कोरोनाका कारण नेपाल कुमाल समाज सुधार समितिको सातौँ राष्ट्रिय महाधिवेशन स्थगित
नेपाल कुमाल समाज सुधार समिति काठमाडौं जिल्ला कार्य समिति को बैठक सम्पन्न

२९ असार , नवलपुर ।
कुमाल सङ्ग्राहलय भवन निर्माणका लागि गण्डकी प्रदेश सरकारसंग कुमाल समुदायका अगुवाहरुले प्रस्ताव गरेका छन् । नेपाल कुमाल सुधार समिति कास्की पोखरा महानगरपालिका २९ भण्डाढीकले गण्डकी प्रदेश सरकारलाई सङ्ग्राहलय निर्माणका लागि प्रस्ताव गरेको हो ।
आज मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई नेपाल कुमाल सुधार समिति कास्की जिल्लाका अध्यक्ष मनिन्द्र कुमालको नेतृत्वमा गएको टोलीले सङ्ग्राहलय निर्माणका लागि प्रस्तावना पत्र हस्तान्तरण गरेका छन् । मुख्यमन्त्री पोखरेलले प्रस्तावना पत्र बुझ्दै सङ्ग्राहलय निर्माणका लागि आफु सकारात्मक रहेको बताउनु भयो ।
मुख्यमन्त्री पोखरेलले भन्नुभयो , “कुमाल समुदायकोे पुरातात्विक वस्तु, कला संस्कृतीको संरक्षणका लागि संङ्ग्राहलयको आवश्यक छ । यसका लागि प्रदेश सरकारबाट सक्दो प्रयास गर्ने छौँ । म यो प्रस्तावमा सकारात्मक छु ।”
कुमाल समुदायको भाषा धर्म कला संस्कृती पछिल्लो समय लोप हुदै गएको छ । सङ्ग्राहलय निर्माणका लागि स्थानियदेखि केन्द्रसम्म पहिले पनि प्रस्ताव गरेको हो । तर , कतैबाट पनि यस विषयमा सुनुवाइ नभएको नेपाल कुमाल सुधार समिति कास्की जिल्लाका अध्यक्ष कुमालले बताउनुभयो ।
अध्यक्ष कुमालले भन्नुभयो , “कुमाल समुदाय आदिबासी जनजाति हुन् । यस समुदाय अन्य समुदाय भन्दा पछाडि परेको समुदाय हो । कुमाल समुदायको परम्परागत पेशा , कला संस्कृती र पहिचान अहिले ओझेल प¥यो भन्दा नि कुनै फरक पर्दैन , हामी कुमाल पछाडि र ओझेलमा छौँ । समुदायको पहिचानलाई संरक्षणका लागि स्थानियदेखि केन्द्रसम्म हामीले सङ्ग्राहलय निर्माणका लागि पहिलेपनि प्रस्ताव पेस गरेका थियौँ । तर, सुनुवाइ भएन । अहिले गण्डकी प्रदेश सरकारलाई प्रस्तावना पत्र हस्तान्तरण गरेका छौँ । मुख्यमन्त्री सकारात्मक हुनुहुन्छ , आशा छ यसपालीको प्रस्ताव सुनुवाइ हुन्छ ।”
गण्डकी प्रदेशका मुख्यमन्त्री बन्नु भएको कृष्णचन्द्र नेपाली पोखरेललाई र पोखरेलको राजनीतिक सल्लाहकार खड्गबहादुर कमाल (कुमाल) लाई बधाईपनि दिइएको थियो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0