प्रदेशबासीलाई खोप सरकारको पहिलो प्राथमिकता : मुख्यमन्त्री पोखरेल

Homeसमाज

प्रदेशबासीलाई खोप सरकारको पहिलो प्राथमिकता : मुख्यमन्त्री पोखरेल

एकसिंगे गैंडाको गणना आजबाट सुरु
कावासोतीमा पटक पटक बिजुली काटिँदा सर्वसाधारण आजित
सिटी हल निर्माणको काम धमाधम सुरु


३ साउन , नवलपुर ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशका जनतालाई कोरोना विरुद्धको खोप दिलाउन सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ । मुख्यमन्त्री पोखरेलले आइतबार पूर्वी नवलपरासीको कावासोतीमा बधाई तथा स्वागत् कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रदेशबासीलाई खोप दिलाउन प्रतिबद्ध रहेको बताउनु भएको हो ।
उहाँले भन्नुभयो, “गण्डकी प्रदेशका सबै जनतालाई कोरोना भाईरस विरुद्धको खोप उपलब्ध गराउनु हाम्रो पहिलोे प्राथमिकता छ । खोपका लागि हामीले बजेटपनि विनियोजन गरेका छौँ । संघ सरकारबाट अनुदानका रुपमा पाउने र खरिद गर्ने बाहेक पनि निजी क्षेत्रबाट खोप खरिद गर्न सकिने प्रावधानका बारेमा समेत हामीले अध्ययन गरिरहेका छौँ । प्रदेशबासीलाई छिट्टै खोप उपलब्ध गराउने छौँ ।” मुख्यमन्त्री पोखरेलले कोरोना भाइरसबाट मृत्युवरण गरेका परिवारलाई पनि प्रदेश सरकारले रकम उपलब्ध गराउने बताउनुभयो ।


उहाँ भन्नुहुन्छ , “कोरोना भाइरस ‘कोभिड –१९’ बाट ज्यान गुमाएका परिवारलाई ५० हजारका दरले रकम उपलब्ध गराउने छौँ ।”
यस्तैगरी उहाँले सरकारको जिम्मा कार्यक्रम अन्तर्गत महिलाको पाठेघरको क्यान्सरको शल्यक्रियामा लाग्ने खर्च प्रदेश सरकारले बेहोर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, “सरकारको जिम्मा कार्यक्रम अन्तर्गत पाठेघरको मुखको क्यान्सर र पाठेघरको क्यान्सरको शल्यक्रियामा लाग्ने खर्च प्रदेश सरकारले बेहोर्ने छ । स्थानीय तहसँगको साझेदारीमा शिशु, बालबालिका, किशोरी, अपांगता भएका व्यक्ति र गर्भवतिको पोषण, ६५ वर्षमाथिका नागरिकको निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिएको छ ।”
प्रदेश र स्थानीय तहमा अझै पनि जनशक्ति व्यवस्थापन ठूलो चुनौती रहेको भन्दै यसका लागि संघ सरकारले छिटो निजामती सेवा ऐन ल्याउनुपर्नेमा उहाँले जोडदिनु भयो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0