मृगौला पीडित मनमति कुमाललाई आर्थिक सहयोग हस्तान्तरण

Homeकुमाल समाज

मृगौला पीडित मनमति कुमाललाई आर्थिक सहयोग हस्तान्तरण

पुनर्जाग्रित हुदै : संकटमा परेको कुमाल जातिको पुर्खौलि पेशा
मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा खड्गबहादुर कुमाल
कुमालको चिनारी


यामु कुमाल ,
४ साउन , नवलपुर ।
दाङ जिल्लाको बबई गाउँपालिका ५ हुरुमकी मृगौलापिडित मनमति कुमाललाई कुमाल विद्यार्थी समाज र कुमाल युथ मिडियाले रकम संकलन गरी आर्थिक सहयोग गरेको छ । कुमाल विद्यार्थी समाज केन्द्रीय समिति र कुमाल युथ मिडियाले अभियान चलाएर संकलन गरेको ७२ हजार ५० रुपैया सहयोग गरेको हो । मानवीय सेवाभावका लागि कुमाल समुदायका व्यक्तित्वहरुबाट संकलन भएको ७२ हजार ५० रुपैया आर्थिक सहयोग गरेको कुमाल विद्यार्थी समाज केन्द्रीय समतिका अध्यक्ष नविन मुखिया कुमालले जानकारी दिनुभयो । सो रकम सोमबार कुमाल युथ मिडियाका अध्यक्ष एवम् खबरदानी डटकमका प्रबन्ध निर्देशक शम्भु कुमालद्धारा हस्तान्तरण गरिएको हो ।
कुमाल विद्यार्थी समाज केन्द्रीय समिति र कुमाल युथ मिडियाले मनमति कुमालकोे जीवन बचाउन सहयोगका लागि पहल गरिदिन पनि समाजिक सञ्जाल र सञ्चार माध्यमलाई अपिल गरेको छ । मनमतिकी मृगौला प्रत्यारोपण तथा डायलासिस गर्न आर्थिक क्षमता नभएपछि सहयोगको अपिल गर्नुपरेको समितिले जनाएको छ । श्रीमान् तथा ११ वर्षिया एक छोरी समेत रहेका २५ बर्षिया मनमतिको एक वर्षदेखि आर्थिक अभावका कारण बिना उपचार घरमा नै बस्दै आएकी छिन् । एक वर्ष अगाडि स्वास्थ्यमा समस्या देखा परेपछि मनमति बुटवलको सरकारी अस्पतालमा स्वास्थ्य परिक्षण गराएको थियो ।
परीक्षण पश्चात अस्पतालले उनको दुवै मृगौला फेल भएको जनाएको हो । दुबै मृगौला फेल भएपनि घरको आर्थिक अवस्था दयनिय भएकाले अहिले अस्पताल पुर्याएर औषधी उपचार गर्न नसिकएको पारिवारिक स्रोतले बताएको छ । आर्थिक अवस्था कमजोर भएका मनमतिको उपचारमा समस्या भएको छ । उनको मृगौला प्रत्यारोपणका लागि २०–२५ लाख रुपैंयाँ चाहिने भए पनि पैसा नहुँदा प्रत्यारोपण गर्न सकिएको छैन ।
कुमाल विद्यार्थी समाज केन्द्रीय समितिले मनमती बचाउन एन्आइसी एसिया बैंक डिल्लिबजार काठमाडौंमा खोलिएको कुमाल युथ मिडियाको खाता नम्बर ३०१४१५००४३७१०००२ मा रकम जम्मा गरेर सहयोग गर्न सकिने व्यवस्था मिलाइएको छ , भने ईसेवा मार्फतपनि ९८६०६७०५५६ नम्बरमा व्यवस्था मिलइएको छ । यस्तै सहयोग गर्न चाहानेले मनमति कुमालकै नम्बर ९८२२४९०९२४ मा सम्पर्क गर्न सकिने कुमाल युथ मिडियाका अध्यक्ष एवम् खबरदानी डटकमका प्रबन्ध निर्देशक शम्भु कुमालले जानकारी दिनु भयो । मनमतिको उपचारका लागि गणेश कुमाल रु. २० हजार , बुद्धि कुमाल रु. ११ हजार , जिम बहादुर कुमाल रु. ७ हजार ९ सय ११ , दिपक कुमाल रु. ७ हजार ७ सय ७७ र सवराज कुमालबाट रु. ४ हजार ७ सय ४९ रकम सहयोग प्राप्त भएको छ । यस्तै अमृत कुमाल , शर्मिला कुमालबाट रु तिन÷तिन हजार , प्रतिक्षा मस्बे कुमाल रु. दुइ हजार ८ सय ७९ , डा. शर्मिला कुमाल रु. एक हजार पाँच सय , बाबुराम कुमाल रु. दुइ हजार , सुस्मा कुमाल रु. एक हजार र जित बहादुर कुमालबाट रु. पाँच सय रकम सहयोग प्राप्त भएको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0