गोरखामा कुमाल सङ्ग्राहलय निर्माणका लागि रु. ५० लाख बजेट विनियोजन

Homeकुमाल समाजकुमाल समाज विशेष

गोरखामा कुमाल सङ्ग्राहलय निर्माणका लागि रु. ५० लाख बजेट विनियोजन

नेपाल कुमाल समाज सुधार समितिको ७ औं राष्ट्रिय एकता महाधिवेशन आगामी वैशाख १८ र १९ गते कास्कीमा हुने
“म त्यही माटो हुँ “
रिठेपानी कास्की इकाइका अध्यक्ष डिल्लीराम कुमालको स्कुटर दुर्घटनामा परी निधन


११ साउन , गोरखा ।
कुमाल सङ्ग्राहलय निर्माणका लागि गण्डकी प्रदेश सरकारले बजेट विनियोजन गरेको छ । गोरखाको पालुङटार नगरपालिका ७ च्याङ्लीमा कुमाल सङ्ग्राहलय निर्माणका लागि प्रदेश सरकारबाट रु. ५० लाख बजेट विनियोजन गरेको गण्डकी प्रदेशका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यले बताउनुभयो ।
मन्त्री आचार्यले भन्नुभयो , “कुमाल सङ्ग्राहलय निर्माणका लागि प्रदेश सरकारबाट रु. ५० लाख बजेट विनियोजन गरेका छौँ । कुमाल समुदायको भाषा धर्म कला संस्कृती पछिल्लो समय लोप हुदै गएको छ । यो समुदायको साँस्कृतिक सम्पदाको संरक्षण गर्नको लािग पहल गर्नुपर्ने मलाई दायित्वबोध भयो । यस कारणले पनि सङ्ग्राहलय बनाउनका लागि बजेट छुट्याएका हौँ ।”
उहाँले सो कुरा हिजो आइतबार सङ्ग्राहलय निर्माणस्थलको जग्गा अनुगमन गर्ने क्रममा बताउनुभएको हो । अहिले बिनियोजित रकमबाट डिपीआर तयार गर्ने र पूर्वाधार तयार गरिने समेत उहाँले बताउनुभयो । साथै आगामी बर्ष निरन्तरता दिँदै सो को लागि आवश्यक बजेट प्रदेश सरकारले नैै व्यहोर्ने गरी काम सम्पन्न गर्ने समेत बताउनु भएको छ ।

तस्बीर सौजन्य :  गोर्खा संसारबाट

सङ्ग्राहलय निर्माणका लागि पहिलेदेखि संघर्ष गरिरहेको भएतापनि अब प्रदेश सरकारकै पूर्ण लगानीमा बन्ने भएपछि स्थानीय कुमाल समुदायले निकै खुशी भएको वडा नं. ७ का वडासदस्य देवीलाल कुमालले बताउनु भयो ।
उहाँले भन्नुभयो , “हामीले विगत लामो समयदेखि आफ्नो समुदायको सङ्ग्राहलय निर्माणका पहल गरेका थियौँ । अब गण्डकी प्रदेश सरकारकै पूर्ण लगानीमा सङ्ग्राहलय बन्ने भएपछि कुमाल समुदाय निकै खुशी भएको छ ।”
यस्तै सङ्ग्राहलय निर्माणलाई पूर्णता दिन सकेमा नेपालभरका सम्पूर्ण कुमाल समुदायको नै साँस्कृतिक सम्पदा जोगाउन सकिने सोही वडाका अर्की वडा सदस्य भगवती कुमालले बताउनुभयो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0