रवीन्द्र मिश्रको प्रस्ताव विवादमा, आदिवासी जनजाति महासंघले गर्‍यो विरोध

Homeराजनीति

रवीन्द्र मिश्रको प्रस्ताव विवादमा, आदिवासी जनजाति महासंघले गर्‍यो विरोध

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त
सर्वोच्च अदालतमा आजदेखि रिट निवेदकले जवाफ दिने
राष्ट्रपति भण्डारीद्धारा फागुन २३ गते प्रतिनिधिसभा बैठकको आह्वान


१२ साउन , काठमाडौँ ।
नेपाल आदिवासी जनजाति महासंघले संघीयता खारेजी र धर्म निरपेक्षाताबारे जनमत संग्रहको प्रस्ताव संविधान विरोधी रहेको बताएको छ । विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले सोमबार संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रहको व्यक्तिगत प्रस्ताव सार्वजनिक गर्नु भएको थियो ।
उक्त प्रस्ताव संविधान विरोधी रहेको नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगतबहादुर बरामले विज्ञप्ति निकारेर उल्लेख गर्नु भएको छ । संविधान, राष्ट्रियता, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशी सिद्धान्त र नेपाली जनताको विरुद्धमा लाग्ने जो कसैलाई पनि कारवाहीको दायरामा ल्याउन महासंघले नेपाल सरकारलाई आग्रहसमेत गरेको छ ।
“अन्यथा भएमा नेपाली जनताले कारबाही गर्ने व्यहोरा व्यक्त गर्दछ ।” महासंघले निकालेको विज्ञप्तिमा चेतावनी दिइएको छ । संघीयता खारेजी र धर्मनिरपेक्षता सम्बन्धी अभिव्यक्तिप्रति महासंघ घोर निन्दासहित आपत्ति रहेको अध्यक्ष बरामले बताउनु भयो ।
उहाँले भन्नुभयो,“मुलुकलाई अग्रगामी ढंगले आधुनिक नेपाल बनाउने परिकल्पना गर्ने भनिएको राजनीतिक दलको शीर्षस्थ नेतृत्वमा रहेर यस्ता खाले अभिव्यक्ति दिनु गैरसंवैधानिक, गैरराजनैतिक र सामाजिक सद्भाव भड्काउने राष्ट्रियता विरोधी भएको नेपाल आदिवासी जनजाति महासंघको ठहर छ ।”
संघीयतालाई बदनाम गर्ने गरी दुस्कार्यहरु भइरहेको पनि महासंघको भनाइ छ । “संघीयताकै मूल मर्म र भावनाअनुसार प्रदेश र स्थानीय तहहरुमा जनताका आकांक्षा अनुरुपका कामहरु भने भइरहेका छन् ।” महासंघले भनेको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0