ओली सरकारले सपना बाँड्यो काम गरेन: महामन्त्री डा. कोईराला

Homeराजनीति

ओली सरकारले सपना बाँड्यो काम गरेन: महामन्त्री डा. कोईराला

Follow these 4 Steps to Future-Proof Your Career
सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति
कामै गर्न नदिएपछि बाध्य भएर संसद् विघटन गरेः प्रम ओली


मिना कंडेल
२२ साउन , नवलपुर ।
नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोईरालाले ओली सरकारले सपना बाँडयो तर काम केही नगरेको आरोप लगाउनु भयो । अब काम गरेर जनताको बिश्वास जित्ने दायित्व काग्रेसको काँधमा आएको बताउँदै अब पार्टीका सबै नेताले राम्रो काम गरेर देखाउन पर्नेमा जोड दिनुभयो ।
पूर्बी नवलपरासीको कावासोतीमा शुक्रबार आयोजित प्रजातन्त्रका सेनानी स्व.खुशीलाल पाण्डे र उहाँकी धर्मपत्नी स्व.सुमित्रा पाण्डेको स्मृतिमा उहाँकी छोरी नेपाली काग्रेसकी नेतृ बिष्णुदेबी पाण्डे र उहाँका भाईहरुको पहलमा स्थापना गरिएको खुशु फाउण्डेशनको उद्दघाटन गर्दै नेपाली काग्रेसका महामन्त्री डा.कोइरालाले सो बिचार ब्यक्त गर्नुभएको हो ।


उहाँले दुई पटक बिघटन भएको संसद पुर्नस्थापना भएर काग्रेसको नेतृतवमा सरकार बनाउने अबसर आएको र काग्रेसले त्यो अबसर भरपूर उपयोग गर्नुपर्नमा जोड दिनुभयो । नेपाली कागेस को नेतृत्वको सरकार अहिले मुलुकमा देखिएको संकटको निकाश र ब्यबसथापन गर्न सक्षम रहेको र नेपाली जनताले आगामी निर्बाचनमा काग्रेसलाई साथ दिने र मुलुकको भबिष्य काग्रेसको काधँमा आएको महामन्त्री डा. कोइरालाले बताउनुभएको छ ।
त्यस्तै महामन्त्री डा.शशांक कोईरालाले नेपाली काग्रेसको महाधिबेशन आगामी मंसिरमा हुने बताउनुभएको छ । नेपाली काग्रेस एकताका साथ महाधिबेशन सम्पन्न गरि महाधिबेशनलाई बढिमा मंसिर महिना भित्र गर्ने गरि अगाडि बढेको र त्यसमा सबैको सहमति हुने महामन्त्री डा.कोइरालाले स्पष्ट पार्नुभएको छ । नेपाली काग्रेस नेपालको पुरानो र लोकतान्त्रिक पार्टी भएकाले यसले गर्ने निर्णयले देशको सबै कुरामा प्रभाब पार्ने डा. कोइरालाले बताउनुभयो ।
काग्रेसका महामन्त्री डा.कोइरालाले नेपाली काग्रेस मुलुकको सबै भन्दा जिम्मेवार र आम जनताको भरोसा को केन्द्रबिन्दू भएको बताउँदै नेपाली काग्रेसको नेतृत्वको बर्तमान सरकारले जनताको बिश्वास जितेर अघि बढनु पर्ने र आगामी निर्बाचनमा पार्टीलाई स्पष्ट बहुमत दिएर काग्रेसले मुलुकको बिकासमा अग्रगामी फड्को मार्नुपर्ने बताउनुभयो ।
उहाँले नेपाली काग्रेसको महाधिबेशन भदौ १६ बाट हुनुपर्ने भए पनि अहिले सम्म कतिपय कुरामा बिाबद रहे पनि अब चाँडै सबै बिबाद निरुपण गरेर निर्बाचनको माध्यमबाट महाधिबेशन सम्पन्न गर्ने तर्फ कार्यकर्ताहरु एक भएर अघि बढनुपर्ने बताउनुभयो । महामन्त्री डा.कोइरालाले ओली सरकारले सपना बाँडयो तर काम केही गरेन ,अब काम गरेर जनताको बिश्वास जित्ने दायित्व काग्रेसको काँधमा आएको बताउँदै अब पार्टीका सबै नेताले राम्रो काम गरेर देखाउन पर्नेमा जोड दिनुभयो ।


उहाँले प्रजातन्त्रका सेनानी स्व.खुशीलाल पाण्डे एक काग्रेसका निक्ष्कलकंति सिपाही भएको स्म।ण गर्दै उहाँको प्रेरणाले हामीलाई अगाडि बढन सहज भएको बताउनुभयो । आजै एक समारोह बीच महामन्त्री डा. कोइरालाले खुशु फाउण्डेशनले उपलब्ध गराएको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखालाई एम्बुलेन्स हस्तानतरण गर्नुभयो ।
फाउण्डेशनकी अध्यक्ष बिष्णुदेबी पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काग्रेसका नेता संबिधान सभा सदस्य महेन्द्रध्वज जीसी लगायतले स्व खुशीलाल पाण्डेले पुयाउनुभएको योगदानको चर्चा गर्नुभएको थियो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0