गणतन्त्र ,संघीयता र धर्मनिरपेक्षताको अवधारणा गलत भएको राप्रपा अध्यक्ष थापाको ठहर

Homeराजनीति

गणतन्त्र ,संघीयता र धर्मनिरपेक्षताको अवधारणा गलत भएको राप्रपा अध्यक्ष थापाको ठहर

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महत्वपूर्ण कूटनीतिक जानकारी दिन हुदैँन – जो बाइडेन
नेपाली कांग्रेसको आपत्ति
म्यानमारमा सैन्य ‘कू’ पछि सङ्कटकाल घोषणा


२४ साउन , नवलपुर ।
प्रतिनिधि सभामा देखिएको अस्थिरता अन्त्य गर्नका लागि चुनावमा जानु बाहेक अर्को विकल्प नरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले बताउनु भएको छ । आइतबार पूर्वी नवलपरासीको कावासोतीमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै थापाले उक्त कुरा बताउनु भएको हो । अध्यक्ष थापाले संसदमा देखिएको अस्थितरताको अन्त्य गर्नका लागि चुनावमा जानु बाहेक कुनै विकल्प नरहेको बताउनु भयो । उहाँले अब चाडोँ भन्दा चाडोँ चुनावमा जानु पर्ने उहाँको भनाइ छ ।


यस्तै उहाँले गणतन्त्र , संघीयता र धर्मनिरपेक्षताको अवधारणा गलत भएको बताउनु भयो । यो अवधारणा नेपाली जनताको चाहना नभएको र वाह्य शक्तिले नेपालका केही राजनितिक शक्तिलाई प्रयोग गरेर भित्राइएको एजेण्डा भएको बताउनु भयो । थापाले धतुरो रोपेर आँप नफल्ने बताउनुभयो । बिगत १२ , १३ वर्षको इतिहासले त्यही कुराको प्रमाणित गरेको उहाँको जिकिर छ ।
गणतन्त्र , सँघीयता र धर्म निरपेक्षता जस्ता कुराहरुलाई जनमत सँग्रह मार्फत टुँगो नलगाए सम्म अस्थीरता र अराजकताको श्रृँखला निरन्तर चलिरहने उहाँको ठहर छ । सरकार र प्रधानमन्त्री परिवर्तन गर्दैमा देशले भोग्नु परेको मुल संकटको समाधान नहुने उहाँले तर्क गर्नुभयो । भ्रष्टाचार , धर्म परिवर्तन, बेरोजगारी सर्वसत्ताबाद र विदेशीको चलखेल देशमा प्रमुख चुनौती भएको समेत उहाँले बताउनु भएको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0