२७ औँ विश्व आदिवासी जनजाति दिवस मनाइदैँ

Homeविशेष

२७ औँ विश्व आदिवासी जनजाति दिवस मनाइदैँ

फोनिजको आयोजनामा सूचना प्रविधिको विकास र अबको पत्रकारिता विषयकमा अन्तरक्रिया हुने ।
नेपालको बिजुली बेच्नेबारे भारतसँग भएन ठोस सहमति
सुस्ताको कुल बजेट ५७ करोड ४६ लाख:-कृषि,शिक्षा,स्वास्थ्य र पुर्वधार बिकासमा जोड


२५ साउन , काठमाडौँ ।
आज २७ औँ विश्व आदिवासी दिवस । विश्वभर ‘कसैलाई पछाडि नछाडौं: आदिवासी जनजाति र नयाँ सामाजिक सहमतिको आव्हान’ भन्ने नाराका साथ मनाइँदैछ । यो दिवस नेपालका आदिवासी जनजातिले भने विभिन्न कार्यक्रम गरेर मनाइदैछ । नेपालमा ‘पहिचान सहितको संघीयता र स्वायत्तताका लागि संविधान संशोधन हाम्रो अभियान, धर्म निरपेक्षता र पूर्ण समानुपातिक व्यवस्थाका लागि २७ औं विश्व आदिवासी दिवस हाम्रो आन्दोलन’ भन्ने नाराका साथ मनाइँदैछ ।
नेपाल आदिवासी जनजाति महासंघ, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ लगायतका संघसंस्थाले शुभकामना आदानप्रदान गर्दै कार्यक्रम मनाउँदै गरेको जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्यालले जानकारी दिनुभयो ।
विगतमा सडकमा झाँकी र भव्य कार्यक्रम गर्दै आएको महासंघले कोरोना महामारीका कारण दुई वर्षदेखि भर्चुअल रुपमा कार्यक्रम गर्दैछन् । आज पनि भर्चुअल र सामान्य भौतिक रुपमा उपस्थित हुँदै शुभकामना आदान प्रदान गर्ने कार्यक्रम राखेका छन् ।
त्यसैगरी, राष्ट्रिय आदिवासी जनजाति आयोग र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले पनि यो दिवसको अवसरमा शुभकामना कार्यक्रम राखेका छन् । आयोगले उपराष्ट्रपति नन्दबहादुर पुन पासाङको प्रमुख आतिथ्यतामा कान्तिपथस्थित एक होटलमा भव्य समारोह गरेर कार्यक्रम गर्दैछ भने प्रतिष्ठानले पनि चियापान र शुभकामना कार्यक्रम गर्दैछ ।
यसैबीच, प्रधानमन्त्री शेरबहादुर देउवाले अल्पसङ्ख्यक र सीमान्तकृत समूहको अधिकारलाई सुनिश्चित गर्न सरकार सदैव प्रतिबद्ध रहेको बताउनुभएको छ । आदिवासी दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले संसारभरका आदिवासी समुदायलाई एकै सूत्रमा बाँध्ने उल्लेख गर्नुभएको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0