शुभकामनाले मात्र आदिवासी जनजाति अधिकार सम्पन्न हुन सक्दैनः अध्यक्ष बराम

Homeविशेष

शुभकामनाले मात्र आदिवासी जनजाति अधिकार सम्पन्न हुन सक्दैनः अध्यक्ष बराम

स्कुल बसको ठक्करबाट एकको मृत्यु, २ गम्भीर घाइते
आगलागीबाट घर गुमाएका परिवारलाई कुमाल विद्यार्थी समाजद्वारा सहयोग हस्तान्तरण
नेपालको बिजुली बेच्नेबारे भारतसँग भएन ठोस सहमति


२५ साउन , नवलपुर ।
सरकारले शुभकामना , प्रतिबद्धता र कागजीरुपमा केही लेख्दैमा नेपालका आदिवासी जनजाति अधिकार सम्पन्न हुन नसक्ने नेपाल आदिबासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष जगत वहादुर बरामले बताउनु भएको छ ।
सोमबार २७ औँ विश्व आदिवासी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्नु हुदैँ उहाँले सो कुरा बताउनु भएको हो । हरेक वर्ष विश्व आदिवासी दिवस आउछ तर, नेपालमा शुभकामना दिने प्रचलन मात्र छ । सरकारले शुभकामना , प्रतिबद्धता र कागजीरुपमा लेख्दैमा अधिकार सम्पन्न हुन नसक्ने बताउनु भयो । उहाँले भन्नुभयो, “हरेक वर्ष आउछ दिवस ,नेपालमा शुभकामना दिने प्रचलन मात्र चलिरहेको छ । शुभकामना दिदैँमा , प्रतिवद्धताव्यक्त गर्दैमा र कागजीरुपमा केही लेख्दैमा मात्र आदिवासी जनजातिको अधिकार सम्पन्न हुन सक्दैनन् ।”
शुभकामना र प्रतिबद्धता मात्र होइन व्यवहारिकरुपमा आदिवासी जनजातिहरुको अधिकारका मुद्धाहरुलाई कार्यान्वयमा लैजान सरकारसंग उहाँको आग्रह छ । अध्यक्ष बराम भन्नुहुन्छ, “शुभकामना र प्रतिबद्धता .मात्र होइन । व्यवहारिकरुपमा आदिवासीहरुको अधिकार सम्पन्न गराउने कामकार्य र प्रतिबद्धताहरु कार्यान्वयनमा लैजान नेपाल सरकारसंग आग्रह गर्दछु ।”


यस्तै कार्यक्रममा बोल्ने वक्ताहरुले आदिवासी आन्दोलन नेपालको लोकतान्त्रिक र मानवअधिकारबादको अङ्ग भएको बताएका छन् । यस कारणले गर्दापनि आदिवासी जनजाति आन्दोलन कुनैपनि जाति व्यक्ति , समुदाय र राष्ट्रको विरुद्धमा नभएको प्रस्ट्र्याएका छन् ।
समोबार २७ औँ विश्व आदिवासी दिवस । विश्वभर ‘कसैलाई पछाडि नछाडौं ः आदिवासी जनजाति र नयाँ सामाजिक सहमतिको आव्हान’ भन्ने नाराका साथ मनाइएको छ । यो दिवस नेपालका आदिवासी जनजातिले पनि विभिन्न कार्यक्रम गरेर मनाएका छन् । नेपालमा ‘पहिचान सहितको संघीयता र स्वायत्तताका लागि संविधान संशोधन हाम्रो अभियान, धर्म निरपेक्षता र पूर्ण समानुपातिक व्यवस्थाका लागि २७ औं विश्व आदिवासी दिवस हाम्रो आन्दोलन’ भन्ने नाराका साथ मनाइयो ।
नेपाल आदिवासी जनजाति महासंघ, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ लगायतका संघसंस्थाले शुभकामना आदानप्रदान गर्दै कार्यक्रम मनाइएको छ । विगतका दिनमा सडकमा झाँकी र भव्य कार्यक्रम गर्दै आएको महासंघले कोरोना महामारीका कारण दुई वर्षदेखि भर्चुअल रुपमा कार्यक्रम गर्दै आएका छन् । सोमबार पनि भर्चुअल र सामान्य भौतिक रुपमा उपस्थित हुँदै शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0