काबुल विमानस्थलमा गाेली चल्दा पाँच जनाकाे ज्यान गयाे

Homeअन्य

काबुल विमानस्थलमा गाेली चल्दा पाँच जनाकाे ज्यान गयाे

स्वीटजरल्याण्डमा मुस्लिम महिलालाई बुर्का लगाउनु पर्ने बाध्यताको अन्त्य
मुम्बईको सनराइज अस्पतालमा आगलागी हुदाँ ६ जनाको ज्यान गयो
फ्रान्सका राष्ट्रपति म्याक्रोनलाई सार्वजनिक स्थलमै चड्कन !

३२ साउन , काठमाडौँ ।
अफगानिस्तानको काबुल विमानस्थलमा गोली चल्दा कम्तीमा पाँच जनाको ज्यान गएको छ । अफगानिस्तानबाट भाग्न खोज्नेहरूको भिडले विमानस्थल अस्तव्यस्त बनेपछि भिडलाई रोक्न अमेरिकी सेनाले हवाई फायर गरेको डेलिमेल जनाएको छ । ज्यान गुमाउनेहरूलाई भने कसले चलाएको गोली लाग्यो भन्ने खुलेको छैन ।
अफगानिस्तानमा रहेको अमेरिकी कुटनीतिक नियोगका कर्मचारी विमानस्थलमा रहेका छन् भने उनीहरूको सुरक्षाका लागि केही अमेरिकी सेना पनि काबुल विमानस्थलमा रहेका छन् । अहिले अमेरिकी सेनाले काबुलको विमानस्थललाई आफ्नो नियन्त्रणमा लिएको छ । विमानस्थलको सबै व्यावसायिक उडान रद्द गरिएको छ । सैन्य उडान भने भइरहेका छन् ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0