“रेशम चौधरीलाई षड्यन्त्रपूर्वक फसाइएको हो” – थारु अगुवा

Homeराजनीति

“रेशम चौधरीलाई षड्यन्त्रपूर्वक फसाइएको हो” – थारु अगुवा

नेतृत्व गर्न सक्ने क्षमता भएको नेता गुमायौँ – सभापति देउवा
गणतन्त्र ,संघीयता र धर्मनिरपेक्षताको अवधारणा गलत भएको राप्रपा अध्यक्ष थापाको ठहर
संसद् विघटन निर्णय खारेजीको माग गर्दै नेकपाका सांसद सर्वोच्च अदालतमा


७ भदौ, नवलपुर ।
कैलालीको टिकापुरमा भएको थरुहट थारुवान जनविद्रोहको ६ वर्ष पुगेकोे अवसरमा पूर्वी नवलपरासीको डण्डामा एक कार्यक्रम गरी स्मरण गरिएको छ । स्मरण तथा अन्तरक्रिया कार्यक्रममा बोल्ने थारु अगुवाहरुले उक्त घटनाका बन्दीहरुलाई विनासर्त रिहाईको माग गरेका छन ।
२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको घटनामा रेशम चौधरी लगायतलाई षड्यन्त्रपूर्वक फसाइएको थारु अगुवाहरुको हर छ । झुटा मुद्दा लागेका उनीहरुलाई विनासर्त रिहाइ र मुद्दाहरुको किनारा नलागेसम्म आन्दोलन जारी रहने उनीहरुको भनाइ छ ।

’२०७४ सालको प्रतिनीधि सभाको निर्वाचनमा रेशम चौधरीलाई कैलाली १ का जनताले अत्यधिक मत प्रदान गरेका थिए । उनी निकटतम् प्रतिद्वन्द्वीभन्दा २१ हजार बढी मतान्तरले बिजयी भएका थिए । रेशम चौधरीलाई राज्यले अपराधी करार गरे पनि जनताले मतदानमार्फत् राज्यको संरक्षणमा लादिएको हिंसा र दमनको विपक्षमा मत दिएको कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका थिए । जनअभिमतको बेवास्ता गर्दै चौधरी अझै जेलमा थुनिएका र अरू थुप्रैलाई बन्दी बनाइएकोमा उनीहरुले आक्रोश ब्यक्त गरे । थरुहट थारुवान राष्ट्रिय मोर्चा र थारु कल्याणकारी सभा नवलपुरले चौधरीसँगै सम्पूर्ण बन्दीहरूलाई तत्काल सम्मानजनक रिहा गर्न माग गरेको हो । टीकापुर घटनामा एक नाबालक सहित ७ जनाको मृत्यु भएको थियो ।


यसलाई राजनीतिक मुद्दा भन्दै मोर्चाले त्यसैअनुसार समाधान गर्नुपर्ने माग गरेको छ । टीकापुर थरुहट थारुवान विद्रोहको ६ वर्ष पुगेकोमा थरुहट थारुवान मोर्चा र थारु कल्याणकारी सभा नवलपुरले सोमबार स्मरण एवम् अन्तरक्रिया कार्यक्रम गरेको हो । डण्डाको थारु राष्ट्रिय सँग्रहालय अध्ययन केन्द्रमा सम्पन्न कार्यक्रममा थरुहट थारुवान राष्ट्रिय मोर्चाका जिल्ला संयोजक मान महतोको सभाध्यक्षता रहेको थियो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0